ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोपमा प्रचण्ड गर्मीको लहरः जलवायु परिवर्तनका कारण जनजीवन प्रभावित


abc tv news
१५ असार २०८३, सोमबार   ११ : ५४   बजे

काठमाडौं १५ असार । युरोपका विभिन्न देशहरू हाल कीर्तिमानी गर्मीको चपेटामा परेका छन् । जलवायु परिवर्तनका कारण युरोपेली महाद्वीपमा चरम गर्मीको नयाँ युग शुरु भएको भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् । तापक्रममा भएको यो वृद्धिका कारण स्वास्थ्य, यातायात र अग्नि नियन्त्रण सेवाहरूमा ठूलो चाप परेको छ भने सम्बन्धित निकायहरूले स्वास्थ्य शतर्कता अपनाउन सार्वजनिक अपिल जारी गरेका छन् । फ्रान्समा गर्मीले दशकौँ यताको रेकर्ड तोडेको छ । गत जुन २४ मा फ्रान्समा सन् १९४७ यताकै सबैभन्दा तातो दिन रेकर्ड गरिएको छ । अत्यधिक गर्मीका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । विशेष गरी सडकमा बसोबास गर्ने असहाय व्यक्तिहरूमा यसको गम्भीर असर देखिएको सामाजिक सेवा अधिकारीहरूले बताएका छन् ।
जर्मनीमा पनि गर्मीका कारण स्वास्थ्य समस्याहरू बढ्दै गएका छन् । अस्पतालका आकस्मिक कक्षहरूमा ’हिट स्ट्रोक’ का कारण वृद्धवृद्धाहरूको चाप उल्लेख्य रूपमा बढेको छ । त्यस्तै, लामो समयसम्मको उच्च तापक्रमका कारण जर्मनीको ‘ए२’ मोटरमार्गका कतिपय पुराना खण्डहरू तातेर बिग्रिएका छन् ।
यता इटालीको स्वास्थ्य मन्त्रालयले रोम, मिलान, टुरिन, फ्लोरेन्स, बोलोग्ना, भेनिस र भेरोनासहित १८ वटा सहरमा ‘रेड अलर्ट’ जारी गरेको छ । इटालीको मध्य र उत्तरी भागमा तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने मौसम पूर्वानुमान गरिएको छ ।
स्पेनमा पनि जुन महिनाको तापक्रमले नयाँ रेकर्ड कायम गरेको छ । स्पेनको मौसम विज्ञान एजेन्सीकाअनुसार सन् १९५० यताकै उच्च औसत जुन तापक्रम यस वर्ष रेकर्ड गरिएको हो । स्पेनका कुल ८२८ मौसम केन्द्रहरूमध्ये १०० भन्दा बढी केन्द्रहरूमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ, जसले देशको दक्षिणदेखि उत्तरसम्मको भूभागलाई प्रभावित पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ

उड्डयनमन्त्री भन्छन्– हवाइ क्षेत्रको सुधारका लागि सरकारले तत्काल गर्न सक्ने केही छैन

सम्बन्धित

बेलायतमा प्रधानमन्त्री बन्न लागेको बर्नहामको ‘व्यवसाय-मैत्री समाजवाद’ के हो ?

अफगानिस्तानमा पाकिस्तानको आक्रमण, २९ जनाको मृत्यु

यसै वर्ष बङ्गलादेश फर्किने शेख हसिनाको घोषणा, मृत्युदण्डको फैसला अस्वीकार

स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट

म्यानमारको राष्ट्रव्यापी म्याट्रिकुलेसन परीक्षाको नतिजा सार्वजनिकः १ लाख ३३ हजारभन्दा बढी विद्यार्थी उत्तिर्ण

रुसको सेन्ट पिटर्सबर्गमा भव्यताका साथ मनाइयो ‘स्कार्लेट सेल्स’ महोत्सव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu