काठमाण्डौ – असार १६ गते । शेयर बजार लगातार सातौँ कारोबार दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज मंगलबार २४ दशमलव ६३ अङ्कले घटेर २ हजार ६०८ दशमलव ३३ विन्दुमा झरेको छ । नेप्से असार ८ गते यता घटिरहेको हो । नेप्से ७ दिनमा ९३ अङ्कभन्दा धेरैले ओरालो लागेको छ । आज सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक १ दशमलव ७४ प्रतिशतले ओरालो लागेको छ । यस्तै जलविद्युत्, उत्पादन तथा प्रशोधन र अन्य समूहको सूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै फाइनान्स समूह १ प्रतिशतले ओरालो लागेको छ । आज २सय ३५ वटा कम्पनीको शेयर घटेकोमा ३५ वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो २ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ३६५ वटा कम्पनीको ८७ लाख ३७ हजार कित्ता शेयर ३ अर्ब २५ करोड रुपैयाँमा किनबेच भएको छ ।







प्रतिक्रिया दिनुहोस्