ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी सर्वोच्च अदालतको ऐतिहासिक फैसला : जन्मसिद्ध नागरिकता कायम, ट्रम्पको आप्रवासन एजेन्डालाई ठूलो झट्का


एबीसी न्यूज
१७ असार २०८३, बुधबार   ३ : १२   बजे

काठमाडौं ।— अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकताको संवैधानिक अधिकारलाई कायम राख्दै अमेरिकी भूमिमा जन्मिएका अधिकांश बालबालिका स्वतः अमेरिकी नागरिक हुने व्यवस्था यथावत् रहने ऐतिहासिक फैसला सुनाएको छ। अदालतको यो निर्णयले राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको प्रमुख आप्रवासन नीतिमध्ये एकलाई ठूलो धक्का पुगेको छ।

सर्वोच्च अदालतले ट्रम्प प्रशासनले जारी गरेको कार्यकारी आदेश अमेरिकी संविधानको १४औँ संशोधन (Fourteenth Amendment) विपरीत रहेको ठहर गर्दै खारेज गरेको हो। उक्त आदेशले अवैध रूपमा अमेरिकामा बसोबास गरिरहेका आप्रवासी तथा अस्थायी भिसामा रहेका विदेशी नागरिकका सन्तानलाई जन्मकै आधारमा अमेरिकी नागरिकता नदिने व्यवस्था गर्न खोजेको थियो।

प्रधानन्यायाधीश जोन रोबर्ट्सले बहुमतको निर्णय लेख्दै नागरिकता अमेरिकी लोकतन्त्रको आधारभूत अधिकार भएको उल्लेख गरेका छन्। उनले १४औँ संशोधनले “यस भूमिमा जन्मिएका प्रत्येक व्यक्तिलाई नागरिकताको प्रत्याभूति दिएको” भन्दै अदालतले त्यसैको संरक्षण गरेको बताएका छन्।

यो निर्णयमा प्रधानन्यायाधीश रोबर्ट्ससँगै न्यायाधीश सोनिया सोटोमेयर, एलेना केगन, केतन्जी ब्राउन ज्याक्सन तथा एमी कोनी ब्यारेट सहमत भएका छन्। यद्यपि ब्रेट काभानफले कार्यकारी आदेश संघीय कानुनविपरीत भए पनि संविधानविपरीत नभएको आंशिक असहमति जनाएका छन् भने क्लारेन्स थोमस, स्यामुएल एलिटो र नील गोर्सचले पूर्ण असहमति जनाएका छन्।

फैसलापछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै निर्णयलाई “देशका लागि दुःखद” बताएका छन्। उनले जन्मसिद्ध नागरिकताको व्यवस्था अन्त्य गर्न अब अमेरिकी कांग्रेसले कानुन बनाउनुपर्ने धारणा व्यक्त गर्दै त्यसका लागि आफ्नो पूर्ण समर्थन रहने बताएका छन्।

उता नागरिक अधिकारसम्बन्धी संस्थाहरूले भने अदालतको निर्णयलाई संविधान र अमेरिकी लोकतान्त्रिक मूल्यको ठूलो विजयका रूपमा स्वागत गरेका छन्। अमेरिकन सिभिल लिबर्टिज युनियन (ACLU) ले जन्मसिद्ध नागरिकताको संवैधानिक ग्यारेन्टी फेरि एकपटक पुष्टि भएको जनाएको छ।

ट्रम्प प्रशासनले १४औँ संशोधनमा रहेको “subject to the jurisdiction thereof” भन्ने वाक्यांशको नयाँ व्याख्या गर्दै कानुनी हैसियत नभएका वा अस्थायी रूपमा बसिरहेका विदेशीका सन्तान नागरिक नहुने दाबी गरेको थियो। तर सर्वोच्च अदालतले त्यस्तो व्याख्यालाई संविधानको मूल भावना र ऐतिहासिक अभ्याससँग मेल नखाने ठहर गरेको छ।

अदालतले आफ्नो निर्णयमा अमेरिकामा जन्मिएका र अमेरिकी कानुनी अधिकार क्षेत्रभित्र पर्ने सबै बालबालिका जन्मकै आधारमा नागरिक हुने स्पष्ट गरेको छ। यससँगै ट्रम्प प्रशासनको कार्यकारी आदेश कार्यान्वयनमा जाने सम्भावना समाप्त भएको छ।

यो फैसला ट्रम्पको दोस्रो कार्यकालकै सबैभन्दा महत्वपूर्ण कानुनी पराजयमध्ये एक मानिएको छ। साथै, अमेरिकामा आप्रवासन नीति, नागरिकताको अधिकार र संवैधानिक संरक्षणबारेको बहसलाई नयाँ मोड दिएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकी सर्वोच्च अदालतको ऐतिहासिक फैसला : जन्मसिद्ध नागरिकता कायम, ट्रम्पको आप्रवासन एजेन्डालाई ठूलो झट्का

महान्यायाधिवक्ता डा. कँडेललाई बेलायत आउजाउको कागजात प्रस्तुत गर्न सर्वोच्चको आदेश

सम्बन्धित

फ्रान्सको सशक्त प्रदर्शन, स्विडेनमाथि ३–० को प्रभावशाली जित

अमेरिकी सर्वोच्च अदालतद्वारा राजनीतिक खर्चको सीमा हटाइयो, निर्वाचन वित्त व्यवस्थामा ऐतिहासिक परिवर्तन

हालान्डको निर्णायक गोलमा नर्वे अन्तिम १६ मा प्रवेश

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चले मगायो दिपक भट्टका मुद्दाको फाइल

ओलीको आरोप– तोडफोड, हत्याहिंसा, आगजनी र लुटपाटलाई सरकारले वैधानिकता दियो

होटलको खानामा कडाइ र जिल्लामै गुनासो सुनुवाइ– गृह मन्त्रालयको ७७ वटै जिल्लालाई सर्कुलर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu