ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्यान मार्ने धम्की आएपछि प्रदेश भौतिक पूर्वाधारमन्त्रीलाई विशेष सुरक्षा दिईने


admin
२७ चैत्र २०७४, मंगलबार   ७ : ४३   बजे

जनकपुरधाम, २७ चैत । प्रदेश नं २ का आन्तरिक मामिला तथा काूननमन्त्री ज्ञानेन्द्रकुमार यादवले भौतिक पूर्वाधारमन्त्री जितेन्द्रप्रसाद सोनारलाई ज्यान मार्ने धम्की आएकामा प्रदेश सरकार गम्भीर भएको बताउनुभएको छ ।

आज बसेको प्रदेशसभा बैठकमा प्रदेशको शान्ति सुरक्षाका सम्बन्धमा जानकारी गराउँदै उहाँले पूर्वाधारमन्त्री सोनारलाई विशेष सुरक्षा प्रदान गरिने जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्य मनिषकुमार सुमनले प्रदेशसभाको अघिल्लो बैठकमा भौतिक पूर्वाधारमन्त्री सोनार सप्तरीमा सरसफाइ कार्यक्रममा सहभागी भएको बेला सशस्त्र समूहबाट ज्यान मार्ने धम्की आएको जानकारी गराउनुभएको थियो ।

मन्त्री यादवले मन्त्री सोनारबाट लिखित रूपमा जानकारी आएपछि यसबारे सघन रूपले कारबाहीको प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

प्रदेश प्रहरी ऐन नभएका कारण पनि सुरक्षा र प्रशासनिक निकायबीच समन्वयमा समस्या देखिएको उल्लेख गर्दै उहाँले बम विस्फोट, महिला हिंसा, बलात्कार जस्ता घटनाको नियन्त्रणका लागि सरकारको मुख मात्र ताक्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री यादवले सरकार शान्ति सुरक्षा भरपर्दो बनाउनेतर्फ प्रयासरत रहेको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu