ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण अफ्रिकामा हिंसा बढेपछि युगाण्डाद्वारा आफ्ना नागरिकको उद्धार


एबीसी न्यूज
२१ असार २०८३, आइतबार   १२ : ३३   बजे

काठमाडौं २१ असार । दक्षिण अफ्रिकामा जारी विदेशी नागरिक लक्षित हिंसा र आप्रवासी विरोधी प्रदर्शनका बीच युगाण्डा सरकारले आफ्ना नागरिकहरूको पहिलो समूहलाई स्वदेश फर्काएको छ । जोहानेसबर्गस्थित ओ.आर. टाम्बो अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानमार्फत २७३ जना युगान्डाली नागरिक इन्टेबे अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । युगाण्डाको परराष्ट्र मन्त्रालयकाअनुसार दक्षिण अफ्रिकामा बढ्दै गएको आप्रवासी विरोधी हिंसा र असुरक्षाका बीच राष्ट्रपति योवेरी मुसेभेनीले आफ्ना नागरिकको सुरक्षा र हित सुनिश्चित गर्न दिएको निर्देशनअनुरूप यो उद्धार कार्य गरिएको हो । युगाण्डाको परराष्ट्र मन्त्रालयअन्तर्गत डायस्पोरा विभागका प्रमुख डिक्सन ओग्वाङले आफ्ना नागरिक जहाँ भएपनि उनीहरूको सुरक्षा र कल्याण सरकारको प्रमुख चासोको विषय रहेको बताउनु भयो । उहाँले दक्षिण अफ्रिकामा रहेका कतिपय नागरिकले स्वदेश फर्कने इच्छा व्यक्त गरेपछि राष्ट्रपतिले उनीहरूलाई आवश्यक सहजीकरण गर्न निर्देशन दिएको जानकारी दिनुभयो । 
सरकारी सञ्चार निकाय ‘युगाण्डा मिडिया सेन्टर’ काअनुसार दक्षिण अफ्रिकाका लागि युगान्डाका राजदूत पल अमोरुले बाँकी रहेका अन्य नागरिकहरूका लागिसमेत थप उद्धार उडानहरूको व्यवस्था भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री कार्यालयमा ‘थुनिएको’ विषयमा अख्तियार प्रमुख राईको स्पष्टीकरण

सार्वजनिक सेवा प्रवाहलाई चुस्त र नागरिकमैत्री बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

सम्बन्धित

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशका नयाँ राष्ट्रपति

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu