ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्पेनको उत्तर–पूर्वी क्षेत्रमा भीषण डढेलोः २,३०० हेक्टर वन क्षेत्र खरानी, १० हजार स्थानीय प्रभावित


एबीसी न्यूज
२२ असार २०८३, सोमबार   १२ : ३२   बजे

काठमाडौं २२ असार । स्पेनको उत्तर–पूर्वी क्षेत्र क्याटालोनियामा लागेको भीषण डढेलो नियन्त्रण बाहिर पुगेको छ । शुक्रवार साँझदेखि शुरु भएको यस डढेलोले हालसम्म करिव २,३०० हेक्टर जमिन नष्ट गरिसकेको छ । जिरोना प्रान्तका विभिन्न नगरपालिकाहरूका करिव १० हजार बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ वा घरभित्रै बस्न निर्देशन दिइएको छ । डढेलोका कारण धेरै सडकहरू अस्थायी रूपमा बन्द गरिएको भएपनि हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको छैन र सबै बासिन्दा सुरक्षित रहेको बताइएको छ । तिब्र गतिका हावाका कारण डढेलो नियन्त्रणमा कठिनाइ भइरहेको छ भने यसले गर्दा नजिकैको प्रकृति संरक्षण क्षेत्रसम्म आगो फैलिन पुगेको छ । अग्नि नियन्त्रणका लागि ४०० भन्दा बढी अग्निनियन्त्रक, हेलिकप्टर र विशेष विमानहरू परिचालन गरिएको छ । स्थितिलाई थप जटिल बन्न नदिन स्पेनको सैन्य आपतकालीन इकाईले २०० सैनिक र ६० वटा सवारी साधनहरू समेत परिचालन गरेको छ ।
जिरोना क्षेत्रका अग्नि नियन्त्रण अपरेसन प्रमुख फेरान गार्सियाले डढेलोको फैलावट अग्निनियन्त्रकहरूको क्षमताभन्दा बाहिर जान सक्ने जोखिम रहेको बताउनु भयो । उहाँले हालको प्राथमिकता आगोलाई निश्चित घेराभित्र सीमित राख्ने र क्षति न्युनिकरण गर्ने रहेको जानकारी दिनुभयो । 
स्थानीय प्रहरीलाई उद्धृत गर्दै स्पेनी सञ्चारमाध्यमहरूले जनाएअनुसार आगजनीको आशंकामा एक कामदारलाई नियन्त्रणमा लिइएको छ । प्रारम्भिक अनुसन्धानले सडक मर्मतका क्रममा प्रयोग गरिएको मेसिनरीबाट निस्किएको झिल्कोका कारण आगो सल्केको हुनसक्ने देखाएको छ । यस घटनाबारे थप कानूनी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री कार्यालयमा ‘थुनिएको’ विषयमा अख्तियार प्रमुख राईको स्पष्टीकरण

सार्वजनिक सेवा प्रवाहलाई चुस्त र नागरिकमैत्री बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

सम्बन्धित

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशका नयाँ राष्ट्रपति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu