काठमाडौ असार २३ गते । नेपाली कांग्रेसका नेता बद्री प्रसाद पाण्डेले कांग्रेस जोगाउन सभापति गगन थापाको महत्वपुर्ण भुमिका हुने बताएका छन । कार्यक्रममा उनले भने पार्टी फुटबाट जोगाउन नेतृत्व पक्षले ढिला गर्नुहुदैन । पार्टीभित्र संस्थापन इत्तर पक्षको सामान्य प्रस्तावलाई नेतृत्वले समेटेर १५ औं महाधिवेशनबाट कांग्रेस बलियो बनाउन सकिने उनले बताएका छन । नेता पाण्डेका अनुसार सभापति गगन थापाले पार्टीभित्र देखिएको आन्तरिक विवाद र बेथितिहरूलाई सुधार्न सक्रियता देखाउन सुझाव दिएका छन । कांग्रेसका सभापति गगन थापाले अब पार्टीमा पुराना नेताहरको सम्मान गर्नुपर्ने पाण्डेको भनाई छ । सभापतिले सही समयमा सही निर्णय लिएमा मात्र बांग्रेस बच्ने उनको दावी छ ।


















प्रतिक्रिया दिनुहोस्