ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ड्रोन आक्रमण रोक्न रुसको नयाँ रणनीति; जामिङ प्रणाली नष्ट गरेपछि पुनः प्रभावकारी बने युक्रेनी ड्रोन


एबीसी न्यूज
२५ असार २०८३, बिहिबार   ८ : १५   बजे

काठमाडौं, २५ असार। युक्रेनले प्रयोग गर्दै आएको इलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेटमार्फत सञ्चालित मध्यम दूरीका ड्रोन आक्रमण रोक्न रूसले शक्तिशाली इलेक्ट्रोनिक जामिङ प्रणाली विकास गरी प्रयोगमा ल्याएको खुलासा भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार रूसले स्टारलिंकको सिग्नल अवरुद्ध गर्ने प्रविधि तैनाथ गरेपछि युक्रेनले त्यसै प्रणालीलाई प्राथमिक सैन्य निशाना बनाउन थालेको छ।

रूस–युक्रेन युद्ध सुरु भएपछि स्पेसएक्सका प्रमुख इलन मस्कले युक्रेनलाई निःशुल्क स्टारलिंक सेवा उपलब्ध गराएका थिए। यही स्याटेलाइट इन्टरनेटको सहायताले युक्रेनले अग्रपङ्क्तिभन्दा धेरै टाढासम्म रहेका रुसी सैन्य अड्डा, रसद मार्ग, इन्धन भण्डारण केन्द्र, हवाई प्रतिरक्षा प्रणाली तथा कमाण्ड सेन्टरमा सटीक ड्रोन आक्रमण गर्दै आएको थियो। ती आक्रमणले रुसी आपूर्ति प्रणालीमा उल्लेखनीय असर पारेको र कब्जामा रहेको क्राइमियासम्म इन्धन अभाव सिर्जना भएको रोयटर्सले जनाएको छ।

तर पछिल्लो समय रुसले युक्रेनी ड्रोनको प्रभाव घटाउन सैन्य सामग्री नागरिक सवारीसाधनमार्फत ओसार्ने, वैकल्पिक सडक प्रयोग गर्ने तथा स्टारलिंकको सिग्नल अवरुद्ध गर्ने ‘भोल्ना कुपोल गारान्ट’ नामक शक्तिशाली जामिङ प्रणाली तैनाथ गर्न थालेको युक्रेनका सैन्य अधिकारीहरूले बताएका छन्। युक्रेनको रक्षा मन्त्रालयका सल्लाहकार सेर्ही बेस्क्रेस्टनोभका अनुसार उक्त प्रणालीले करिब २० वर्ग किलोमिटर क्षेत्रमा स्टारलिंकको सिग्नल अस्थिर बनाउन सक्छ भने हालसम्म त्यस्ता करिब १० वटा प्रणाली पहिचान भइसकेका छन्।

युक्रेनको ४२२औँ अनम्यान्ड सिस्टम्स रेजिमेन्टका अनुसार जामिङ प्रणाली नै अहिले उनीहरूको प्रमुख लक्ष्य बनेको छ। युक्रेनको सुरक्षा निकाय एसबीयूसँगको सहकार्यमा त्यस्ता दुई जामिङ प्रणाली नष्ट गरिसकिएको र त्यसपछि स्टारलिंकमार्फत सञ्चालित ड्रोनहरू पुनः कुनै अवरोधबिना सञ्चालन हुन थालेको दाबी गरिएको छ।

रोयटर्सका अनुसार स्पेसएक्सले रुसी सेनालाई स्टारलिंक सेवा उपलब्ध गराएको छैन। मस्कोले युक्रेनविरुद्ध ड्रोन आक्रमणमा उक्त प्रणाली प्रयोग गर्न नसकोस् भन्ने उद्देश्यले रूसमा स्टारलिंक सेवा सीमित गरिएको जनाइएको छ।

अमेरिकास्थित फरेन पोलिसी रिसर्च इन्स्टिच्युटका वरिष्ठ अनुसन्धानकर्ता रोब लीले युक्रेनको मध्यम दूरीको ड्रोन अभियानलाई यस वर्षको युद्धकै सबैभन्दा महत्वपूर्ण सैन्य विकासमध्ये एकको संज्ञा दिएका छन्। तर रूसले जामिङ प्रणालीको उत्पादन र तैनाथी थप विस्तार गर्न सफल भए युक्रेनको ड्रोन रणनीति कार्यान्वयन गर्न अझ चुनौतीपूर्ण बन्न सक्ने उनको विश्लेषण छ।

यद्यपि युक्रेनले ड्रोन आक्रमणमार्फत रुसी सेनामाथि निरन्तर दबाब बढाइरहेको भए पनि रूसले अझै युक्रेनको करिब पाँचौँ भाग भूभाग आफ्नो नियन्त्रणमा राखेको छ। रोयटर्सका अनुसार सबै युक्रेनी ड्रोन आक्रमण सफल भएका छैनन्। अवलोकनका क्रममा एउटा इन्धन ट्यांकरलाई लक्षित ड्रोन आक्रमण असफल भएको तथा अर्को निगरानी ड्रोन रुसी ‘टोर’ हवाई प्रतिरक्षा प्रणालीले खसालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चालु आर्थिक वर्षको ७८ प्रतिशत मात्र बजेट खर्च, पुँजीगत ४० प्रतिशतमा सिमित

दलाई लामा सम्बन्धी कार्यक्रमलाई लिएर झलनाथ खनालको आपत्ति, बालेन नेतृत्वको सरकारमाथि राष्ट्रहितविपरीत निर्णय गरेको आरोप

सम्बन्धित

चालु आर्थिक वर्षको ७८ प्रतिशत मात्र बजेट खर्च, पुँजीगत ४० प्रतिशतमा सिमित

दलाई लामा सम्बन्धी कार्यक्रमलाई लिएर झलनाथ खनालको आपत्ति, बालेन नेतृत्वको सरकारमाथि राष्ट्रहितविपरीत निर्णय गरेको आरोप

दलाई लामासम्बन्धी गतिविधिले परराष्ट्र नीतिमा प्रश्न उठाएको नारायणकाजीको आरोप

दलाइ लामाको जन्मदिन कार्यक्रमप्रति पूर्वराजदूतहरूको आपत्ति, ‘एक चीन नीति’ कडाइका साथ पालना गर्न सरकारलाई आग्रह

काठमाडौँ उपत्यकामा ३ दिनसम्म वर्षा जारी रहने देखिन्छ: मौसमविद्

‘बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भनेका डीएसपी सोधपुछका लागि जिल्ला तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu