ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी बमबारीपछि इरानको प्रतिकारात्मक आक्रमण, बहराइन, कुवेत, ओमान र जोर्डनमा अमेरिकी सैन्य अड्डा लक्षित भएको दाबी


एबीसी न्यूज
२९ असार २०८३, सोमबार   ५ : ०९   बजे

तेहरान,(एजेन्सी) – अमेरिकाले इरानको दक्षिणी तटीय क्षेत्रमा पुनः व्यापक हवाई आक्रमण गरेपछि मध्यपूर्वमा तनाव थप चर्किएको छ। इरानले त्यसको प्रतिकारस्वरूप बहराइन, कुवेत, ओमान र जोर्डनस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

इरानी अधिकारीहरूका अनुसार अमेरिकी आक्रमणमा दक्षिणी तटीय सहर बन्दर अब्बास, सिरिक, जास्क तथा केश्म टापु आसपास विस्फोट भएका थिए। इरानले केश्म टापुतर्फ करिब एक दर्जन “शत्रुपक्षका प्रोजेक्टाइल” प्रहार गरिएको जनाएको छ।

यसअघि अमेरिकी सेनाले इरानका कम्तीमा १४० वटा लक्ष्यमा आक्रमण गरेको जनाएको थियो। त्यसको जवाफमा इरानले बहरीन, कुवेत, ओमान, कतार र जोर्डनमा रहेका अमेरिकी सैन्य संरचनालाई निशाना बनाएको दाबी गरेको हो। यद्यपि यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

यसबीच विश्वको महत्वपूर्ण समुद्री व्यापार मार्ग हर्मुज जलडमरूमध्य केन्द्रित तनाव पनि बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्य “खुला” रहेको दाबी गरेका छन्। तर इरानको पर्सियन गल्फ स्ट्रेट अथोरिटीले सुरक्षा अवस्था सामान्य नभएसम्म कुनै पनि समुद्री आवागमनलाई अनुमति नदिइने जनाएको छ।

हर्मुज जलडमरूमध्य विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक भएकाले त्यहाँको तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजार र विश्व व्यापारमा असर पर्ने चिन्ता बढेको छ।

यस घटनाक्रमसँगै मध्यपूर्वमा सैन्य टकराव थप गम्भीर बन्दै गएको छ भने अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयमता अपनाउन र तनाव कम गर्न कूटनीतिक पहल गर्न आग्रह गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

सम्बन्धित

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

मिडियाको गेटमा गाडी पार्किङबारे बोल्यो रास्वपा, संलग्नमाथि कारबाही गर्न सरकारलाई ध्यानाकर्षण

शक्ति प्रदर्शनको अनौठो शैली : नागरिक, व्यवसाय र प्रेससँग बढ्दो दूरी

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu