ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको पश्चिम बंगालमा रेलको ठक्करबाट तीन बालबालिकासहित चार जनाको मृत्यु


एबीसी न्यूज
३ श्रावण २०८३, आइतबार   ३ : १२   बजे

काठमाडौं, ३ साउन । भारतको पश्चिम बंगाल राज्यको मुर्शिदाबाद जिल्लामा एउटा यात्रुवाहक रेलले विद्यालयको भ्यान र साइकलयात्रीलाई ठक्कर दिँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ।

उक्त दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। प्रहरीकाअनुसार पश्चिम बंगालको राजधानी कोलकाताबाट करिव २१५ किलोमिटर उत्तरमा पर्ने कर्णसुवर्ण स्टेसन नजिकैको गोविन्दपुर रेलवे गेटमा सो दुर्घटना भएको हो। एउटा एक्सप्रेस रेल पार भएलगत्तै रेलवे क्रसिङको गेट खोलिएको भएपनि सोही समयमा अर्को यात्रुवाहक रेल आउने तालिका रहेको थियो।

गेट समयभन्दा अगाडि नै खोलिएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। क्रसिङ खुला देखेपछि विद्यार्थी बोकेको भ्यान र एक साइकलयात्रीले ट्रयाक पार गर्न खोज्दा तीव्र गतिमा आएको स्थानीय रेलले उनीहरूलाई ठक्कर दिएको थियो। कर्तव्यमा लापरवाही गरेको आरोपमा रेलवे क्रसिङका गेटम्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

साथै, दुर्घटनाको गम्भीरतालाई ध्यानमा राख्दै घटनाको विस्तृत अनुसन्धानका लागि १० सदस्यीय उच्चस्तरीय रेलवे टोली गठन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्यान्सरसहित ६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव, अभाव हटाउन भारतको ‘सिलिङ प्राइस’ आधार बनाइने

लगानीकर्तालाई प्रधानमन्त्रीको सन्देश : ‘त्रासमा होइन, ढुक्क भएर लगानी गर्नुहोस्’

सम्बन्धित

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

युद्धग्रस्त गाजामा पहिलो पटक काठको विद्यालय सञ्चालनः कक्षाकोठामा फर्किए बालबालिका

भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते

भारतद्वारा निजी क्षेत्रमा विकसित पहिलो अन्तरिक्ष वाहन ‘विक्रम १’ को सफल प्रक्षेपण

इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी

अमेरिकी राष्ट्रपति ट्रम्प आज राति हुने फिफा विश्वकपको फाइनल खेलमा सहभागी हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu