ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्प आज राति हुने फिफा विश्वकपको फाइनल खेलमा सहभागी हुँदै


एबीसी न्यूज
३ श्रावण २०८३, आइतबार   ३ : १८   बजे

काठमाडौं, ३ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार मध्य राति हुने फिफा विश्वकप फुटबलको फाइनल खेलमा विशेष उपस्थितिका रूपमा सहभागी हुनुहुने भएको छ।

उहाँले स्पेन र अर्जेन्टिनाबीच हुने उपाधि भिडन्तपछि फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसँग मिलेर विजेता टोलीलाई ट्रफी प्रदान गर्ने कार्यक्रम रहेको हो । राष्ट्रपति ट्रम्पले न्यु जर्सीमा हुने उक्त फाइनल खेलको प्रत्यक्ष अवलोकन गर्ने पहिलो विश्वकप खेल हुनेछ । यद्यपि, प्रतियोगिताका क्रममा उहाँको भूमिकाले यसअघि नै विवाद समेत निम्त्याएको छ ।

अन्तिम १६ चरणअघि अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनमाथिको रातो कार्ड फिर्ता लिन वा निलम्बन गर्न आग्रह गर्दै राष्ट्रपति ट्रम्पले फिफा अध्यक्ष इन्फान्टिनोलाई फोन गरेको समाचार सार्वजनिक भएको थियो । राष्ट्रपति ट्रम्पले यो विश्वकपलाई अहिलेसम्मकै सबै भन्दा सफल प्रतियोगिता भएको दावी गर्दै आउनुभएको छ । प्रतियोगिताले अमेरिकामा फुटबलप्रतिको आकर्षण र लोकप्रियता बढाएको उहाँको भनाइ थियो।

राष्ट्रपति ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प, उहाँका छोरा ब्यारन ट्रम्प तथा मेलानियाका पिता भिक्टर नाभ्स पनि फाइनलमा उपस्थित हुने जनाइएको छ । त्यस्तै, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज तथा स्पेनी राजपरिवारका सदस्यहरू समेत फाइनल हेर्न पुग्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी अभियन्तासहित तीन जनाको धरौटी रकम बढी भएको सर्वोच्चको ठहर

हङकङमा उबरको ‘उबर एलिट’ सेवा सुरु, विलासी सवारी र विशेष चालकको सुविधा

सम्बन्धित

हङकङमा उबरको ‘उबर एलिट’ सेवा सुरु, विलासी सवारी र विशेष चालकको सुविधा

शेख हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतसँग बङ्गलादेशको औपचारिक आग्रह

युक्रेनी ड्रोन आक्रमणमा रुसको ततारस्तानमा १३ जनाको मृत्यु, ३९ घाइते

‘कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’ : कांग्रेस सांसद काउचा

सिट बेल्ट बाँध्न नमानेपछि बच्चाका कारण विमान उडान रद्द

साउदी–पाकिस्तान–टर्की सुरक्षा सम्झौता : इरानका लागि दीर्घकालीन सुरक्षा चिन्ता बढ्न सक्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu