ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने


एबीसी न्यूज
६ श्रावण २०८३, बुधबार   ७ : १८   बजे

काठमाडौं, ६ साउन । करिब एक वर्षपछि नेपाली पुरुष भलिबल टोली सेन्ट्रल एसियन भलिबल एसोसिएनस काभा च्याम्पियनसिप खेल्न मैदान फर्कदैछ ।

हरिहजुर थापा कप्तानीमा रहेको नेपालले आज आज बाट पाकिस्तानको इस्लामाबादमा सुरु हुने काभा च्याम्पियनपसिपमा प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले पहिलो खेलमै कजाखस्तानसँग खेल्नेछ।खेल विहान साढे १० बजे सुरु हुनेछ।
नेपालले गत असोजमा बंगलादेशमा भएको काभा पुरुष नेसन्स लिग खेलेको थियो। त्यही प्रतियोगिताबाट हरिहजुर पुनः कप्तानी जिम्मेवारीमा फर्किएका थिए।

त्यसअघि नेपालले २०८० मा प्रतियोगिता खेल्दा कप्तान मानबहादुर श्रेष्ठ रहेका थिए। उनी संन्यास लिएर अस्ट्रेलिया पुगेका छन्।प्रशिक्षक जगदिश भट्टले यसपटक १२ मध्ये अधिकांश नयाँ खेलाडी समेटेर टिम तयार गरेको छन्। घरेलु भलिबलमा चर्चित नामसहित नयाँ खेलाडीलाई प्रमाणित गर्ने अवसर समेत रहेको छ। यसअघि खेलेका अधिकांश खेलाडी अस्ट्रेलिया पलायन भएपछि टिममा नयाँ खेलाडीले अवसर पाएका हुन्।

नेपाली टोलीमा कप्तान हरिहजुरसँगै सुनिल बोहरा, पहल गतहराज, सन्तोष विक, सरोज वर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नेत, रबिन नगरकोटी, हिमाल सुनारी, दीपेश कुँवर र विनोद चन्द रहेका छन्।कप्तान हरिहजुरसँगै पहल, रविन र विनोद, सुनिल र नृपध्वजलाई मात्रै अनन्तर्राष्ट्रिय खेल खेलेको अनुभव रहेको छ। त्यसमध्ये पनि सेटर हरिहजुर र लिबेरो विनोदले अन्तर्राष्ट्रिय धेरै खेल खेलेका छन् । हिमालसँगै राजेन्द्र, सुरज, दीपेश, सन्तोष, सरोज र दीपेश नयाँ अनुहार हुन्।२९ जुलाईसम्म हुने प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, कजाखस्तान, उज्वेकिस्तान, श्रीलंका र बंगलादेश रहेको छन्।
६ टोली सहभागी च्याम्पियनसिप सिंगल राउन्ड रोविनका आधारमा हुनेछ। शीर्ष चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्। पाँचौं र छैटौं स्थानमा रहने टोलीले पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।नेपाली पुरुष भलिबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआइभिबीको विश्व वरियताको मान्यता प्राप्त प्रतियोगिता खेल्न लागेको हो।नेपालले दोस्रो खेलमा बिहीबार श्रीलंका, शुक्रबार आयोजक पाकिस्तान, आइतबार बंगलादेश, सोमबार समूहको अन्तिम खेलमा उज्वेकिस्तानको सामना गर्नेछ।सन् २०१७ मा नेपाली टिमले पहिलो पटक अन्तर्राष्ट्रिय कास्य पदक जितेको थियो। त्यसयता कुनै पनि पदक जित्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बझाङ केन्द्रविन्दु भएर भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu