ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?


एबीसी न्यूज
६ श्रावण २०८३, बुधबार   ८ : ०३   बजे

काठमाडौं, ६ साउन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशका सेना प्रमुख ओलेक्सान्डर सिर्सकीलाई पदमुक्त गरेका छन्।

लोकप्रिय रक्षा मन्त्री मिखाइलो फेडोरोभलाई हटाएको केही दिनमै जेलेन्स्कीले सैन्य नेतृत्वमा यो ठूलो हेरफेर गरेका हुन्।रक्षा मन्त्रालयलाई आधुनिकिकरण गरेको र भ्रष्टाचार विरुद्ध अभियान चलाएको भन्दै ३५ वर्षीय फेडोरोभको निकै प्रशंसा भइरहेको थियो। तर, फेडोरोभ र ६० वर्षीय सेना प्रमुख सिर्सकीबीचको आन्तरिक द्वन्द्वका कारण पछिल्लो समय युक्रेनी राजनीतिमा तरंग पैदा भएको थियो। सिर्सकीलाई धेरैले सोभियत शैलीको कमाण्डरका रूपमा हेर्ने गरेका थिए, जो सेनामा आमूल परिवर्तन गर्न हिचकिचाउने गरेको आरोप लाग्दै आएको थियो।

जेलेन्स्कीले सिर्सकीको ठाउँमा ४३ वर्षीय जनरल मिखाइलो द्रापातीलाई नयाँ सेना प्रमुख नियुक्त गरेका छन्। द्रापाती एक युद्ध-अनुभवी र लोकप्रिय सैन्य कमान्डर मानिन्छन्। आफ्नो नियुक्तिपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै द्रापातीले पूर्ण जिम्मेवारी र देशको रक्षा गर्नेहरूप्रति सम्मानका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले सिर्सकीलाई युक्रेनी सेना बलियो बनाएकोमा धन्यवाद समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महाधिवेशन विवाद चर्किंदै गर्दा कांग्रेस अनुशासन समितिको बैठक आज

बाजुरामा पहिरोले दुई घर पुरिए, २० परिवार जोखिममा

सम्बन्धित

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशका नयाँ राष्ट्रपति

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu