ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन


एबीसी न्यूज
६ श्रावण २०८३, बुधबार   ८ : १८   बजे

काठमाडौं, ६ साउन । भारतीय राजधानी नयाँ दिल्लीका सडकहरूमा भत्किएका ब्यारिकेड, छरिएका चस्मा, च्यातिएका कपडा र रगतका टाढा स्पष्टै देखिन्छन्।

सोमबार भारतीय संसद् भवन अगाडि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका हजारौँ विद्यार्थीहरूमाथि प्रहरीले कडा दमन गरेपछि दिल्लीका प्रमुख सडकहरू तनावग्रस्त बनेका छन्। प्रहरीले चलाएको अश्रुग्याँस र बल प्रयोगका कारण १०० भन्दा बढी विद्यार्थी घाइते भएका छन्।

व्यापक दमन र धरपकडका बाबजुद आन्दोलनकारी विद्यार्थीहरू पछि हट्न अस्वीकार गर्दै पुनः सडकमा फर्किएका छन्। ‘ककरोच जनता पार्टी’को आह्वानमा भएको प्रदर्शनमा सहभागी १८ वर्षीय विद्यार्थी अंशुल देवले भने, “जुन सरकारलाई हाम्रा अभिभावकले भोट दिएर ल्याए, उसैले हामीलाई आतङ्ककारी र अपराधी जस्तो व्यवहार गरिरहेको छ। यो हाम्रै देश हो र हामी यसलाई उनीहरूको घृणाको राजनीतिबाट फिर्ता लिँदै छौँ।”

विगत दुई महिनादेखि भारतका विभिन्न प्रतिस्पर्धात्मक प्रवेश परीक्षाहरूको प्रश्नपत्र बाहिरिएको ९पेपर लिक० र उत्तरपुस्तिकाको गलत मूल्याङ्कन भएको भन्दै लाखौँ विद्यार्थी आन्दोलित छन्। यसै धाँधली र तनावका कारण २० भन्दा बढी विद्यार्थीले आत्महत्या गरिसकेका छन्। विद्यार्थीहरूले शिक्षा मन्त्रीको राजीनामा, अनशनरत अभियन्ता सोनम वाङचुकको अस्पतालबाट रिहाइ र मृतक विद्यार्थीका परिवारलाई क्षतिपूर्तिको माग राखेका छन्।

यसैबीच, विपक्षी दल काङ्ग्रेसका नेता राहुल गान्धीले मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीको निवासबाहिर अन्य सांसदहरूसहित धर्ना दिँदै नागरिकहरूलाई सडकमा उत्रिन आह्वान गरे। सरकार र आन्दोलनकारी टोलीबीच भएको वार्ता निष्कर्षविहीन बनेको छ। ककरोच जनता पार्टी’का प्रवक्ता आशुतोष रङ्काका अनुसार स्वास्थ्य मन्त्री जेपी नड्डासँगको वार्ता ४ घण्टा पर्खाएर १० मिनेटमा सीमित गरिएकाले समयको बर्बादी मात्र भएको बताएका छन्।

प्रहरीले आन्दोलनकारीविरुद्ध तोडफोड र हिंसाको आरोपमा ५ वटा मुद्दा दर्ता गरिसकेको छ। तर आन्दोलनको नेतृत्व गरिरहेका अभिजीत दिप्केले शिक्षा मन्त्रीले राजीनामा नदिएसम्म र माग पूरा नभएसम्म प्रदर्शन नरोकिने स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महाधिवेशन विवाद चर्किंदै गर्दा कांग्रेस अनुशासन समितिको बैठक आज

बाजुरामा पहिरोले दुई घर पुरिए, २० परिवार जोखिममा

सम्बन्धित

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशका नयाँ राष्ट्रपति

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu