काठमाडौँ, ८ साउन । सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिका निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको र लाञ्छना लगाएको आरोपमा पक्राउ परेकी बेदिका केसी बिहीबार राति नै हाजिर जमानीमा छुटेकी छन् ।
उनी अहिले विहान १० बजे जिल्ला सरकारी वकिलको कार्यालय भद्रकालीमा उपस्थित हुने शर्तमा रिहा भएको साइबर ब्यूरोका प्रवक्ता एसपी दिलिपकुमार गिरीले बताए । उनलाई सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा छोडिएको उनले बताए ।
पुराण वाचिका राधिका दासीको जाहेरीले उनी बिहीबार विहान पक्राउ परेकी थिइन् । प्रहरीद्वारा सरकारी वकिलको कार्यालयमा अनुसन्धानका लागि १० दिनको म्याद माग गरिएको थियो । तर, १ दिनमात्र म्याद म्याद थप भयो । जाहेरवाली दासीले बेदिकाविरुद्ध जाहेरी दिए पनि थुनामा नराखी सहमति गर्न चाहेकी थिइन् । तर, फौजदारी अभियोगमा जाहेरी दर्ता भएपछि मिलापत्र गर्न मिल्दैन ।
प्रहरीले आफ्नो तर्फबाट त्यस्तो सुविधा दिने ठाउँ नरहेको भनेपछि उनले सरकारी वकिलको कार्यालयमा यही कुरा राखेकी थिइन् । त्यसैले प्रहरीबाट १० दिनको म्याद माग हुँदा १ दिनको मात्र म्याद दिइयो । र, बिहीबार राति नै रिहा गरी शुक्रबार कार्यालयमा उपस्थित हुन भनिएको सरकारी वकिल कार्यालयस्रोतले जनाएको छ ।
हाजिर जमानीमा छुटे पनि अदालतमा मुद्दा जारी हुन्छ । त्यस अवधिमा प्रहरीले खोजेको समयमा उपस्थित हुनुपर्छ, उपस्थित नभए पुनः पक्राउ पनि गर्नसक्छ ।







प्रतिक्रिया दिनुहोस्