ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री उद्धार तथा पुनःस्थापना कोष


एबीसी न्यूज
२८ चैत्र २०७४, बुधबार   ७ : २७   बजे

जनकपुरधाम, २८ चैत । वातावरणीय स्वच्छता कायम गर्न प्रदेशभित्रका पोखरी, जलाधार, वन तथा वन्यजन्तुको संरक्षण र विकास गरी आयआर्जनसँग आबद्ध गरिने, प्रदेशलाई हरित बनाउने, प्रदेशस्तरीय जलवायु अनुकूलन कार्यक्रमको पहिचान गरिने, प्राकृतिक विपत्तिमा पीडितको उद्धार र पुनःस्थापनाका लागि ‘मुख्यमन्त्री उद्धार तथा पुनःस्थापना कोष’को व्यवस्था गरिने जनाइएको छ ।

संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै मिथिला भोजपुरालगायत मधेशका सांस्कृतिक पहिचान र धरोहरको संरक्षणका लागि प्रदेश सांस्कृाितक संग्रहालय तथा नमूना सांकृतिक गाउँ पहिचान गरी संरक्षणका कार्य अघि बढाइने, सामा चकेवा, झिझिया, चैतावर, होरी जटजटिन, अल्हा रूदल, साँझ, पराती, सोहर निर्गुण, बारहमासा, नचारी, मैना, गोविन, रानी सारंगा, सदावृछ, विजीभार, झुला परिक्रमा, दाहा, बाजा, ढोल, तमासालगायत लोपोन्मुख सांस्कृतिक विषयलाई पर्यटकीय मनोरञ्जनसँग जोडिने उल्लेख छ ।

धार्मिक एवं पर्यटकीयस्थलको पहिचान, संरक्षण, सम्वद्र्धन तथा नियमन गर्दैै पर्यटकीयस्थलको व्यवस्थापन, सिरहाको सलहेश, कमल दह, महादेव मठ, जनकपुरधामको धनुषाधाम , सप्तरीको छिन्नमस्ता, ठेलिया दह, कैकालिनी, दिनाभद्री, सर्लाहीको नाढिमन ताल, मूर्तैश्वर महादेव, सतही विहुला, नारायणपुर नाजिर मजार, महोत्तरीको पडौलस्थान, जलैश्वरनाथ, सोनामाई र रौजा मजार, बाराको गढीमाई, सिम्रोनगढ, पर्साको ऐतिहासिक गहवामाई मन्दिर, पारसनाथलाई धार्मिक र पर्यटकीयस्थलका रूपमा विकास गरिने छ ।

माघ ५ मा मधेश आन्दोलन दिवस मनाइने
शहीद स्मृति प्रतिष्ठान स्थापना, २०६३ माघ ५ गते भएको पहिलो ऐतिहासिक मधेश आन्दोलनको दिनलाई सम्झना स्वरूप प्रदेशभरी मधेश आन्दोलन दिवस मनाइने नीति उल्लेख छ ।

मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सञ्चालन, विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको स्थापना, स्थानीय तहमा सरकारी बैंकको शाखा विस्तार, युवालाई रोजगारीको अवसर सिर्जना, प्राविधिक शिक्षाको केन्द्र, प्राथमिक तहदेखि मातृभाषा शिक्षा लागू र मदरसा शिक्षालाई मूलप्रवाहीकरण गरी औपचारिक तथा व्यावसायिक बनाइने छ ।

प्रदेश प्रहरी तालीम केन्द्र स्थापना, आयुर्वेद चिकित्सालाई प्रवद्र्धन गर्न आयुर्वेद संस्थान स्थापनाको सम्भाव्य अध्ययन, प्रदेश प्रहरी हेडक्वार्टर स्थापना, आठै जिल्लामा दलित छात्रावास स्थापना र प्रदेश सञ्चार नीति ल्याइने छ । बृहत राजनीतिक सहमतिका आधारमा प्रदेशको नामाकरण र प्रदेशको स्थायी राजधानी सम्बन्धमा निर्णय लिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेशसभाको अर्को बैठक आगामी वैशाख ३ गते अपराह्न १ बजे बस्नेछ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Shanghai Deploys AI Tourist Terminals to Serve Rising Inbound Traveler Numbers

Türkiye Forges New Defense Pact, Raising Tensions With Israel

NATO Signals Readiness to Defend Allies Amid Reported Iranian Threat

Forum Highlights Cultural Significance of Kunlun Mountains in Chinese Civilization

Macao Unveils Five-Year Plan Focused on Diversification and Quality Growth

Kennedy Center Board Delays Reinstating Trump’s Name Amid Legal Battle

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu