ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कवि शैलेन्द्र साकारको एकल कविता वाचन सम्पन्न


Uki-Abcnews.com.np
१७ श्रावण २०८३, आइतबार   १० : २४   बजे

काठमाडौं । अग्रज कवि शैलेन्द्र साकारको एकल कविता वाचन सम्पन्न भएको छ । उक्त अवसरमा ‘राष्ट्रियतामा साहित्यको भूमिका’ विषयक वैचारिक विमर्शको पनि आयोजना गरियो ।

शनिबार (साउन १६) काठमाडौंमा आयोजित कार्यक्रममा काव्य क्षेत्रका विशिष्ट साधक साकारले आफ्ना एक दर्जन नयाँ कविता वाचन गरे । कवि साकारले ‘परदेशमा समय’, ‘बन्धन’, ‘मूर्ति’, ‘यो प्रेम’, ‘गिद्ध र बालक’, ‘सुरक्षा कति प्रतिशत’, ‘बाँच्न अयोग्य हुन्छ तानाशाह’, ‘पुतली’ र ‘सपना’लगायत शीर्षकका कविता वाचन गरे ।

कार्यक्रममा साहित्यकार पुष्कर लोहनी, प्रा. डा. सुरेन्द्र केसी, युयुत्सु आरडी शर्मा, डा. निर्मल विश्वकर्माले राष्ट्रियता र साहित्यमाथि आफ्ना विचार राखे ।

साहित्यकार लोहनीले देशका निम्ति साहित्यकार आवश्यक रहेको बताए । डा. विश्वकर्माले आजको समयमा लेखकले साहित्यका माध्यमबाट सबैलाई सचेत गराउनुपर्ने समय आएको उल्लेख गरे ।

युयुत्सु शर्माले आजको परिवेशमा विज्ञान र उपकरणका कारण मानव अस्तित्व संकटमा रहेको भन्दै यसतर्फ साहित्यकारको विशेष ध्यान पुग्नुपर्नेमा जोड दिए । उनले कवि साकारको कविताको चर्चा पनि गरे ।

प्रा. डा. सुरेन्द्र केसीले नेपाली कविताको इतिहासको चर्चा गरे । उनले नेपाली कविताबाट अनुप्राणित भएर साहित्य यहाँसम्म आइपुगेको बताए । उनले नेपाली साहित्यबाट मुलुक र नागरिकले धेरै अपेक्षा गरेको उल्लेख गरे । साहित्यमा मौलाएको गुटबन्दी र नेपाल प्रज्ञा–प्रतिष्ठानलाई राजनीतिले गिजोलेको विषय पनि उनले उठान गरे ।

कार्यक्रममा आख्यानकार माया ठकुरीले आफूले पनि प्रारम्भमा कविता नै लेखेको बताइन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी

हिंसाबाट सत्ता परिवर्तनको मान्यता स्थापित हुन खोज्नु लोकतन्त्रका लागि खतराः राधेश्याम अधिकारी

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu