ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मासुको गुणस्तरमा कडाइ गर्ने तयारी, माछासमेत कानुनी जाँचको दायरामा


Uki-Abcnews.com.np
१७ श्रावण २०८३, आइतबार   ४ : १५   बजे

काठमाडौं। सरकारले उपभोक्ताको स्वास्थ्य संरक्षणलाई प्राथमिकता दिँदै २५ वर्ष पुरानो ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ। प्रस्तावित ‘पशु वधशाला र मासु जाँच (पहिलो संशोधन) विधेयक, २०८२’ ले मासुको गुणस्तर नियन्त्रण, स्थानीय तहको भूमिका विस्तार र दण्ड–जरिवानामा कडाइ गर्ने व्यवस्था प्रस्ताव गरेको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार विधेयकमाथि प्राप्त सुझावमाथि छलफल भइरहेको छ। परिमार्जनपछि कानुन मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेश गरिने तयारी छ।

अब माछा पनि कानुनी जाँचको दायरामा

प्रस्तावित संशोधनले पहिलोपटक माछालाई पनि मासु जाँच ऐनको दायरामा ल्याउने व्यवस्था गरेको छ। यसअघि ऐनमा माछाको व्यवस्था थिएन। अब माछाको उत्पादन, प्रशोधन र बिक्रीसमेत गुणस्तर परीक्षण तथा अनुगमनको कानुनी दायरामा आउनेछ।

स्थानीय तहलाई पनि निरीक्षणको अधिकार

संघीय संरचनाअनुसार स्थानीय तहलाई पनि मासु निरीक्षक र मासु सुपरिवेक्षक नियुक्त गर्ने अधिकार दिने प्रस्ताव गरिएको छ। यसले स्थानीयस्तरमै मासुको गुणस्तर परीक्षण र बजार अनुगमन प्रभावकारी हुने सरकारको अपेक्षा छ।

निजी क्षेत्रलाई पनि वधशाला सञ्चालनको बाटो

संशोधित विधेयकले सरकारीसँगै निजी क्षेत्रलाई पनि कानुनी प्रक्रिया पूरा गरेर वधशाला स्थापना तथा सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ। निर्यातमुखी वधशाला र मासु प्रशोधन उद्योग सञ्चालनका लागि पनि स्पष्ट कानुनी आधार प्रस्ताव गरिएको छ।

जरिवाना १० गुणासम्म बढाइने

उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्नेविरुद्ध कडा कारबाही गर्ने उद्देश्यले जरिवाना उल्लेख्य रूपमा बढाउने प्रस्ताव गरिएको छ।

  • स्वास्थ्य परीक्षण नगरी पशु वध गर्ने, रोगी पशुको मासु बिक्री गर्ने वा अनधिकृत स्थानमा वध गर्ने कसुरमा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना।
  • इजाजतबिनै वधशाला सञ्चालन गर्ने, रोग लागेर मरेको पशुको मासु बिक्री गर्ने वा मासुमा मिसावट गर्ने कसुरमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था प्रस्ताव गरिएको छ।

मासुमा अनिवार्य छाप र ट्रेसेबिलिटी

प्रस्तावित ऐनअनुसार निरीक्षणपछि छाप वा चिन्ह लगाइएको मासु मात्रै बिक्री गर्न पाइनेछ। साथै उत्पादनदेखि उपभोक्तासम्मको सम्पूर्ण शृङ्खला (ट्रेसेबिलिटी), मासु ढुवानी, गुणस्तर प्रमाणीकरण र प्रशोधित मासुजन्य उत्पादनसमेत कडा नियमनमा ल्याइने व्यवस्था गरिएको छ।

उपभोक्ताको स्वास्थ्य संरक्षणमा जोड

सरकारले इजाजतपत्रबिना वधशाला सञ्चालन वा मासु बिक्री गर्न नपाइने व्यवस्था कायम राख्दै निरीक्षण, नमुना परीक्षण र अनुगमनलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ।

सरकारका अनुसार विधेयक संसदबाट पारित भएपछि मासु तथा मासुजन्य उत्पादनको गुणस्तरमा सुधार आउने, अव्यवस्थित वधशाला व्यवस्थित हुने र उपभोक्ताले सुरक्षित तथा गुणस्तरीय मासु उपभोग गर्न पाउने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्यो विभाजनको संकेत, कोइराला परिवार रुख चिन्हबाटै बाहिरिने अवस्था?

सरकार र हिन्दु प्रतिनिधिबिच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

FNJ Global Media Conference Ends with Nine-Point Tokyo Declaration

बेनी–जोमसोम सडकखण्डको स्तरोन्नति

कांग्रेसमा बढ्यो विभाजनको संकेत, कोइराला परिवार रुख चिन्हबाटै बाहिरिने अवस्था?

मध्यपहाडी राजमार्गसँगै फेरियो लुगुमको स्वरूप

Local Villagers Save Over 1,000 Lives During Assam Floods

सरकार र हिन्दु प्रतिनिधिबिच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu