ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीयलाई १०० रुपैयाँमै सेयर दिन इप्पानको आग्रह, प्रिमियममा बिक्री नगर्न सदस्य कम्पनीलाई अपिल


Uki-Abcnews.com.np
१७ श्रावण २०८३, आइतबार   ५ : २५   बजे

काठमाडौं । जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीय बासिन्दालाई उपलब्ध गराइने सेयर प्रतिकित्ता १०० रुपैयाँ अर्थात् अंकित मूल्यमै उपलब्ध गराउन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आफ्ना सदस्य कम्पनीलाई आग्रह गरेको छ।

केही जलविद्युत् आयोजनाको साधारण सेयर निष्कासन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि प्रभावित भएपछि केही प्रवर्द्धक कम्पनीहरूले स्थानीयका लागि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति इप्पानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

इप्पानका अनुसार धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ ले स्थानीय प्रभावित बासिन्दालाई लाभान्वित गर्ने उद्देश्यले १० प्रतिशत सेयर उपलब्ध गराउने व्यवस्था गरेको छ। त्यसैले स्थानीयका लागि छुट्याइने सेयर अंकित मूल्यमा नै उपलब्ध गराउनुपर्ने संस्थाको धारणा छ।

इप्पानले जलविद्युत् आयोजना केवल लगानीको माध्यम मात्र नभई स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकास अभियान भएको उल्लेख गरेको छ। आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव व्यहोर्ने तथा आयोजनाको कार्यान्वयनमा प्रत्यक्ष सहयोग गर्ने स्थानीय समुदायलाई स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै स्थानीयका लागि सेयर व्यवस्था गरिएको जनाएको छ।

संस्थाका अनुसार स्थानीयलाई प्रिमियम मूल्यमा सेयर निष्कासन गरिए उनीहरूको पहुँच सीमित हुने, आयोजनाप्रतिको अपनत्व कमजोर बन्ने र समुदाय तथा प्रवर्द्धकबीचको विश्वासमा नकारात्मक असर पर्न सक्छ। अंकित मूल्यमा सेयर उपलब्ध गराउँदा स्थानीय समुदाय आयोजनाका वास्तविक साझेदार बन्ने, सामाजिक विवाद न्यून हुने तथा आयोजना समयमै सम्पन्न गर्न अनुकूल वातावरण बन्ने विश्वास इप्पानले व्यक्त गरेको छ।

इप्पानले नेपाल सरकार, नियामक निकाय तथा प्रवर्द्धक कम्पनीहरूलाई स्थानीय प्रभावितको हितलाई प्राथमिकतामा राख्दै अंकित मूल्यमै सेयर उपलब्ध गराउने व्यवस्था कायम राख्न आग्रह गरेको छ। साथै, साधारण सेयर निष्कासन प्रक्रिया सरल, पारदर्शी र समयबद्ध बनाउन तथा जलविद्युत् आयोजनाले भोगिरहेका सेयर निष्कासनसम्बन्धी समस्याको शीघ्र समाधान गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्यो विभाजनको संकेत, कोइराला परिवार रुख चिन्हबाटै बाहिरिने अवस्था?

सरकार र हिन्दु प्रतिनिधिबिच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सम्बन्धित

९६० मेगावाट सौर्य योजनामध्ये ढिलाइ, दुई वर्षपछि पनि ३४६ मेगावाट निर्माण सुरु भएन

‘निर्वाचन होइन, हिंसाबाट सत्ता परिवर्तनको सोच बढ्दैछ’ : वरिष्ठ अधिवक्ता अधिकारी

वायुसेवा निगमले टिकट बेचेर सवा १७ अर्ब कमाउँदा २ अर्ब मात्रै तिर्यो ऋणको किस्ता

बाटो थाहा नपाएको बहाना पारेर सोध्ने अनि सिक्री लुटेर भाग्ने समूह पक्राउ

५० हजारको प्रलोभनमा १७ वर्षीया किशोरीको डिम्ब निकालियो, स्वास्थ्यमा गम्भीर असर

सुन र चाँदी दुवै सस्तियो, तोलामा सुन १ हजार ८०० रुपैयाँले घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu