ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘निर्वाचन होइन, हिंसाबाट सत्ता परिवर्तनको सोच बढ्दैछ’ : वरिष्ठ अधिवक्ता अधिकारी


Uki-Abcnews.com.np
१७ श्रावण २०८३, आइतबार   ५ : ३५   बजे

काठमाडौं । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले निर्वाचनभन्दा हिंसात्मक माध्यमबाट सत्ता परिवर्तन गर्ने सोच स्थापित हुन खोजेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतका हिंसात्मक घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन नसक्दा यस्ता घटना दोहोरिने वातावरण बनेको बताए।

उनका अनुसार २०८२ साल भदौ २३ र २४ गते भएका हिंसात्मक घटनामा प्रभावकारी रूपमा जवाफदेही तय गर्न नसकिएकै कारण अहिले पनि उस्तै प्रकृतिका घटना दोहोरिन थालेका छन्। पछिल्ला धार्मिक तथा अन्य बहानामा भएका उच्छृंखल गतिविधिले लोकतान्त्रिक व्यवस्थामाथि चुनौती थपेको उनले बताए।

अधिकारीले भाटभटेनी, सीजी ग्रुपलगायत निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी र तोडफोडप्रति चिन्ता व्यक्त गर्दै यस्ता घटनाले लगानीको वातावरण बिगार्नुका साथै लोकतन्त्रलाई कमजोर बनाउने बताए।

हिंसात्मक गतिविधि नियन्त्रण गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन राज्य असफल भए यस्ता घटना अझ बढ्न सक्ने चेतावनी पनि उनले दिए।

प्रधानमन्त्री संसद्प्रति संवैधानिक रूपमा जवाफदेही हुनुपर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको टिप्पणी गर्दै उनले कार्यकारी नेतृत्वले संसद्सामु जवाफदेहिता देखाउन नसके जनतामा लोकतान्त्रिक व्यवस्थाप्रतिको विश्वास कमजोर हुने बताए।

लोकतन्त्रलाई सुदृढ बनाउन कानुनी शासन, प्रभावकारी जवाफदेहिता र हिंसात्मक गतिविधिमा संलग्नमाथि निष्पक्ष कारबाही अपरिहार्य रहेकोमा उनले जोड दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्यो विभाजनको संकेत, कोइराला परिवार रुख चिन्हबाटै बाहिरिने अवस्था?

सरकार र हिन्दु प्रतिनिधिबिच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सम्बन्धित

९६० मेगावाट सौर्य योजनामध्ये ढिलाइ, दुई वर्षपछि पनि ३४६ मेगावाट निर्माण सुरु भएन

वायुसेवा निगमले टिकट बेचेर सवा १७ अर्ब कमाउँदा २ अर्ब मात्रै तिर्यो ऋणको किस्ता

बाटो थाहा नपाएको बहाना पारेर सोध्ने अनि सिक्री लुटेर भाग्ने समूह पक्राउ

स्थानीयलाई १०० रुपैयाँमै सेयर दिन इप्पानको आग्रह, प्रिमियममा बिक्री नगर्न सदस्य कम्पनीलाई अपिल

५० हजारको प्रलोभनमा १७ वर्षीया किशोरीको डिम्ब निकालियो, स्वास्थ्यमा गम्भीर असर

सुन र चाँदी दुवै सस्तियो, तोलामा सुन १ हजार ८०० रुपैयाँले घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu