ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाटो थाहा नपाएको बहाना पारेर सोध्ने अनि सिक्री लुटेर भाग्ने समूह पक्राउ


ABC NEWS
१७ श्रावण २०८३, आइतबार   ५ : २५   बजे

काठमाडौं । काठमाडौं उपत्यकामा महिला तथा वृद्धवृद्धालाई लक्षित गरी सुनको सिक्री लुटपाट गर्दै आएको गिरोहका मुख्य सदस्य कर्मा तामाङलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। घटनापछि प्रहरीले गिरोहका थप पाँच सदस्यलाई समेत नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार राति बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलमा सिक्री लुटपाट गरेर भाग्ने क्रममा कर्मा तामाङलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको थियो।

प्रारम्भिक अनुसन्धानमा कर्मा तामाङको नेतृत्वमा संगठित समूह नै उपत्यकाका विभिन्न स्थानमा लुटपाटमा सक्रिय रहेको खुलेको प्रहरीले जनाएको छ।

अनुसन्धानअनुसार गिरोहले बाटो सोध्ने बहाना बनाएर विशेषगरी महिला र वृद्धवृद्धालाई एकान्त स्थानमा रोक्ने, त्यसपछि सुनको सिक्री लुटेर फरार हुने गरेको पाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले घटनामा संलग्न गिरोहमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रहरीले लुटपाटका अन्य घटनासँग पनि पक्राउ परेकाहरूको संलग्नता रहेको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको प्रलयले ऊर्जा क्षेत्रमा बज्रपात : १२ विद्युत् केन्द्र बन्द, ४३१ मेगावाट उत्पादन ठप्प

राष्ट्रपतिको प्रधानमन्त्री बालेनलाई फोन : ‘बाढीपीडितको उद्धारमा राज्यका सबै संयन्त्र परिचालन गरियोस्’

सम्बन्धित

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

बाढीपछि सेना र निजी क्षेत्रबाट ११४ जनाको हवाई उद्धार

केरुङ नाकामा पहिरो, सडक अवरुद्ध

भोटेकोसी बाढी: राहत कार्यमा जुट्न संसद् बैठक अनिश्चितकालका लागि स्थगित

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu