ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वायुसेवा निगमले टिकट बेचेर सवा १७ अर्ब कमाउँदा २ अर्ब मात्रै तिर्यो ऋणको किस्ता


Uki-Abcnews.com.np
१७ श्रावण २०८३, आइतबार   ५ : ३५   बजे

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पछिल्लो आर्थिक वर्ष २०८२/८३ मा यात्रु सेवा तथा टिकट बिक्रीबाट १७ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। अघिल्लो वर्षको तुलनामा करिब २ अर्ब रुपैयाँ आम्दानी बढे पनि निगमले ५६ अर्ब रुपैयाँभन्दा बढी ऋणमध्ये करिब २ अर्ब १२ करोड रुपैयाँ मात्रै किस्ता तिर्न सकेको छ।

निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमार्फत ५ लाख ७६ हजार ४२१ यात्रुलाई सेवा दिँदै १७ अर्ब ३३ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको हो। ग्राउन्ड ह्यान्डलिङ सेवाबाट हुने करिब ५ अर्ब रुपैयाँ आम्दानी भने यो तथ्यांकमा समावेश गरिएको छैन।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा निगमको टिकट बिक्री आम्दानी १५ अर्ब ३१ करोड रुपैयाँ थियो। यसपटक आम्दानी १३ प्रतिशतले बढे पनि ऋण व्यवस्थापनमा अपेक्षित सुधार हुन सकेको छैन।

गन्तव्यगत आम्दानीमा जापानको नारिता सबैभन्दा आकर्षक बजार बनेको छ। केवल ७ हजार २५८ यात्रु बोकेर निगमले ५ अर्ब ३२ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ। भारतको दिल्लीमा भने सबैभन्दा धेरै १ लाख ५९ हजार यात्रुलाई सेवा दिँदै १ अर्ब ६७ करोड रुपैयाँ आम्दानी भएको छ।

त्यसैगरी दोहाबाट २ अर्ब ६८ करोड, दुबईबाट २ अर्ब ४७ करोड, क्वालालम्पुरबाट १ अर्ब ८ करोड र बैंककबाट १ अर्ब १ करोड रुपैयाँ आम्दानी भएको निगमले जनाएको छ।

आम्दानी बढे पनि निगमले अन्तर्राष्ट्रिय उडानका जहाज खरिद गर्दा लिएको ऋणमध्ये गत वर्ष कर्मचारी सञ्चय कोषलाई १ अर्ब ७२ करोड र नागरिक लगानी कोषलाई ४० करोड रुपैयाँ गरी जम्मा २ अर्ब १२ करोड रुपैयाँ मात्रै भुक्तानी गर्न सकेको छ। हाल निगममाथि दुवै संस्थाप्रति ५६ अर्ब रुपैयाँभन्दा बढी ऋण दायित्व रहेको छ।

निगमका अनुसार सञ्चालन खर्च अत्यधिक भएकाले आम्दानीको ठूलो हिस्सा जहाज सञ्चालन, मर्मतसम्भार र कर्मचारी खर्चमै जाने गरेको छ। निगमले प्रत्येक महिना करिब १४ करोड रुपैयाँ कर्मचारी तलबमा खर्च गर्ने गरेको छ।

यसबाहेक यसै वर्ष वाइडबडी जहाजहरूको सी–चेक तथा इन्जिन मर्मत गर्नुपर्ने भएकाले मात्रै १० देखि १२ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। एउटा वाइडबडी जहाज अहिले इटालीमा सी–चेकमा रहेको छ भने अर्को जहाज पनि छिट्टै मर्मतका लागि पठाइने तयारी छ।

निगमका प्रवक्ता देवेन्द्र पुनले जहाज सञ्चालन र मर्मतसम्भारमा ठूलो खर्च हुने भएकाले आम्दानी बढे पनि ऋण तिर्न पर्याप्त स्रोत नपुगेको बताए। उनका अनुसार निगमले अतिरिक्त कर्मचारी सुविधा नदिई मुख्यतः जहाज सञ्चालनलाई प्राथमिकता दिइरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्यो विभाजनको संकेत, कोइराला परिवार रुख चिन्हबाटै बाहिरिने अवस्था?

सरकार र हिन्दु प्रतिनिधिबिच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सम्बन्धित

९६० मेगावाट सौर्य योजनामध्ये ढिलाइ, दुई वर्षपछि पनि ३४६ मेगावाट निर्माण सुरु भएन

‘निर्वाचन होइन, हिंसाबाट सत्ता परिवर्तनको सोच बढ्दैछ’ : वरिष्ठ अधिवक्ता अधिकारी

बाटो थाहा नपाएको बहाना पारेर सोध्ने अनि सिक्री लुटेर भाग्ने समूह पक्राउ

स्थानीयलाई १०० रुपैयाँमै सेयर दिन इप्पानको आग्रह, प्रिमियममा बिक्री नगर्न सदस्य कम्पनीलाई अपिल

५० हजारको प्रलोभनमा १७ वर्षीया किशोरीको डिम्ब निकालियो, स्वास्थ्यमा गम्भीर असर

सुन र चाँदी दुवै सस्तियो, तोलामा सुन १ हजार ८०० रुपैयाँले घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu