ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेशको जलसङ्कट दीर्घकालीन संरचनागत समस्या : राष्ट्रिय सभा समितिको प्रतिवेदन


Uki-Abcnews.com.np
१९ श्रावण २०८३, मंगलबार   ७ : २५   बजे

काठमाडौं । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेशमा देखिएको पानीको अभावलाई मौसमी समस्या नभई जलवायु परिवर्तन, भूमिगत जलको अत्यधिक दोहन, चुरे–भावर क्षेत्रको विनाश र कमजोर जल व्यवस्थापनबाट सिर्जित दीर्घकालीन संरचनागत सङ्कटका रूपमा औँल्याएको छ।

समितिले राष्ट्रिय सभामा पेस गरेको अध्ययन प्रतिवेदनमा व्यवस्थित भूमिगत जल पुनर्भरण, चुरे–भावर संरक्षण, जलवायु उत्थानशील पानी बाँडफाँट र पाइपयुक्त खानेपानी प्रणाली विस्तारलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार मधेशमा भूमिगत जलसतह २ देखि ३ मिटरले घटेको, वार्षिक रूपमा २ देखि ४ मिटर गिरावट आएको, धनुषाको हंसपुरमा करिब ९० प्रतिशत हातेपम्प सुकिसकेको तथा प्रदेशका ७१ प्रतिशत घरधुरी अझै हातेपम्पमै निर्भर रहेका छन्। पश्चिमी र मध्य मधेशका जिल्लामा करिब ६० प्रतिशत हातेपम्पबाट पानी आउन छाडेको प्रतिवेदनमा उल्लेख छ।

समितिले जलवायु परिवर्तनका कारण वर्षाको ढाँचा परिवर्तन, सुक्खायाम लम्बिनु र भूमिगत जलको अत्यधिक दोहनले मधेशमा पानीको सङ्कट गहिरिँदै गएको निष्कर्ष निकालेको छ।

प्रतिवेदनमा तत्काल राहतका कार्यक्रम सञ्चालन गर्नुका साथै वर्षाको पानी सङ्कलन, कृत्रिम पुनर्भरण आयोजना र दीर्घकालीन दिगो जल व्यवस्थापन नीति कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरिएको छ।

यसैबीच, राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहका तर्फबाट मधेशी आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन पनि पेस गरेकी छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठेखोला गाउँपालिकाद्वारा ‘न्यायिक सन्देश’ पुस्तक सार्वजनिक

प्रतिनिधिसभा आज बस्दै, भूमिहीन र सुकुम्बासीको मुद्दामा जरुरी प्रस्तावमाथि छलफल

सम्बन्धित

भारतमा धेरै ह्वाट्सएप एकाउन्ट अचानक बन्द, कम्पनीद्वारा समीक्षा जारी

एमएसएमईको बिमा पहुँच विस्तार गर्न नीतिगत सुधार आवश्यक : अध्ययन

उद्योगीलाई आतंकित पारेको भन्दै कोशीका चार व्यावसायिक संस्थाद्वारा भर्त्सना

अन्तर्राष्ट्रिय ऋण वा अनुदानका निम्ति मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य गरिँदै

मधेसमा जलसंकट : ६० प्रतिशतभन्दा बढी पम्पमा आउन छाड्यो पानी

सर्वोच्चले भन्यो– शरणार्थी महिलाको जीवनरक्षाका निम्ति मिर्गौला प्रत्यारोपण नरोक्नू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu