ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय ऋण वा अनुदानका निम्ति मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य गरिँदै


Uki-Abcnews.com.np
१८ श्रावण २०८३, सोमबार   ६ : ०५   बजे

काठमाडौं । संघीय संसद्को अर्थ समितिको बैठकले विचाराधीन विधेयकका विभिन्न आठवटा दफाहरूमाथि छलफल गरी परिमार्जनसहित पारित गरेको छ ।

सोमबार बसेको समितिको बैठकमा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि भएको दफावार छलफलपछि विधेयकका दफा १ देखि ८ सम्मका प्रावधानहरूमा सहमति जुटेको हो ।

समितिका सचिव लक्ष्मण अर्यालका अनुसार, विधेयकको दफा १, २, ३ र ५ लाई प्रस्तावित रूपमै यथावत् पारित गरिएको छ । दफा २ अन्तर्गतका विभिन्न उपदफाहरू र दफा ३ लाई पनि कुनै परिवर्तन नगरी स्वीकृत गरिएको छ ।

बैठकले विधेयकको दफा ४ मा उल्लेखित बैंकको उद्देश्यलाई थप स्पष्ट पार्दै परिमार्जन गरेको छ । जसअनुसार बैंकको मुख्य उद्देश्य मूल्य स्थिरता कायम गर्ने, बैंकिङ, वित्तीय तथा बाह्य क्षेत्रको स्थायित्व कायम गर्ने र नेपाल सरकारको आर्थिक नीति कार्यान्वयनमा सहयोग पुर्याउने तय गरिएको छ ।

विधेयकको दफा ६ मा रहेको सरकारी वित्त र विकासात्मक कार्य (क्वासी–फिस्कल अपरेसन) सँग सम्बन्धित प्रावधानलाई हटाइएको छ । यस्तै, सोही दफाको उपदफा २ मा ‘कर्जा’ शब्दपछि ‘सापटी’ शब्द थप गरी कानूनी दायरालाई फराकिलो बनाइएको छ । दफा ७ मा पनि सरकारी वित्त र विकासात्मक कार्यसँग सम्बन्धित विषयहरू हटाउने सहमति भएको छ ।

विधेयकको दफा ८ को उपदफा ५ मा वैदेशिक सहायतासम्बन्धी महत्त्वपूर्ण फेरबदल गरिएको छ । अब अन्तर्राष्ट्रिय संघसंस्थाबाट ऋण वा अनुदान प्राप्त गर्न ‘अर्थ मन्त्रालय’ को सट्टा ‘नेपाल सरकार मन्त्रिपरिषद्’ को स्वीकृति अनिवार्य चाहिने व्यवस्था गरिएको छ ।

सरकारले विधेयकको दफा ८ को उपदफा ५ मा ’नेपाल राष्ट्र बैंकले नेपाल सरकार अर्थ मन्त्रालयको स्वीकृतिमा अन्तराष्ट्रिय संघ संस्था सँग ऋण अनुदान वा प्राविधिक सहायता प्राप्त गर्ने सक्नेछ’ भनेर मूल ऐनको दफा ११ मा उपदफा ५ नयाँ थप गरेर व्यवस्था गरेको छ ।

विधेयकको यो व्यवस्थालाई समितिले नयाँ ढंगले परिमार्जन गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा अन्तर्राष्ट्रिय सहयोग सम्बन्धमा स्पष्ट व्यवस्था थिएन । ऐनको दफा ११ मा अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध भनिए पनि स्पष्ट थिएन । उपदफा २ मा बैंकले विदेशी सरकार, विदेशी केन्द्रीय बैंक, विदेशी बैंक तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूलाई बैंकिङ तथा भुक्तानी सेवा उपलब्ध गराउने आफूले पनि लिने व्यवस्था गरिएको छ । तर, यसले अन्तर्राष्ट्रिय संघसंस्थाबाट ऋण वा अनुदान प्राप्त गर्न बाटो खोल्दैन ।

सरकारले समितिमा भएको यो सहमतिसँगै विधेयकका प्रारम्भिक दफाहरूले पूर्णता पाएका छन् र अन्य दफाहरूमा क्रमशः छलफल अगाडि बढाइने समिति सचिवालयले जनाएको छ । न्युज एजेन्सी नेपाल

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यायमाआस्था बढाउन बेञ्चमा बस्नेकै जिम्मेवारी : प्रधानन्यायाधीश

सुकुम्वासीसम्बन्धी प्रस्तावमाथि मंगलबार प्रतिनिधिसभामा छलफल

सम्बन्धित

मधेसमा जलसंकट : ६० प्रतिशतभन्दा बढी पम्पमा आउन छाड्यो पानी

सर्वोच्चले भन्यो– शरणार्थी महिलाको जीवनरक्षाका निम्ति मिर्गौला प्रत्यारोपण नरोक्नू

फेसबुकले हटायो ८ हजार कर्मचारी, एआईमा १३० अर्ब डलर खर्च

साउनको सोमबार पशुपतिमा भत्तजनको भीड

माइतीघर हरेक वर्ष डुब्छ, समाधान कहिले? सरकारका योजना कागजमै सीमित

पाकिस्तानमा प्रहरी चौकीबाहिर आत्मघाती बम विस्फोट, १४ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu