ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चले भन्यो– शरणार्थी महिलाको जीवनरक्षाका निम्ति मिर्गौला प्रत्यारोपण नरोक्नू


ABC NEWS
१८ श्रावण २०८३, सोमबार   ४ : ४५   बजे

काठमाडौं । सर्वोच्च अदालतले अस्पतालबाट एक भुटानी शरणार्थी महिलामा मिर्गौला प्रत्यारोपण अस्वीकार गरिएको विवादमा निकास दिएको छ । मंगलबार (साउन १८) सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले ‘व्यक्तिको बाँच्न पाउने हकलाई कानुनको शाब्दिक व्याख्या गरेर इन्कार गर्न नमिल्ने’ फैसला सुनाएको हो ।

योसँगै भुटानी शरणार्थीलाई नेपालमा मिर्गौला प्रत्यारोपणका निम्ति बाटो खुलेको छ । सर्वोच्चले भुटानी शरणार्थी सारा गजमेरको मिर्गौला प्रत्यारोपण गर्ने प्रक्रिया अगाडि बढाउन आश्विनी मेडिकल कलेज एन्ड हस्पिटल (मेडिसिटी)का नाममा परमादेश जारी गरेको छ ।

झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका खर्कबहादुर गजमेरले आफ्नी पत्नी साराका दुवै मिर्गौला ‘फेल’ भएपछि प्रत्यारोपणका निम्ति आश्विनी मेडिकल कलेजमा निवेदन दिएका थिए । तर, शरणार्थीका निम्ति कानुनी व्यवस्था नभएको भन्दै पन्छाइएपछि पीडित रिट लिएर सर्वोच्च पुगेका थिए ।

मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ मा शरणार्थीका हकमा स्पष्ट कानुनी व्यवस्था नरहेको तर अस्पतालको मिर्गौला प्रत्यारोपण स्वीकृति समितिले कार्य अघि बढाउन अस्वीकार गरेको पीडितको जिकिर थियो । अस्पतालले नेपाली नागरिकता वा नाता प्रमाणित पेस गर्न नसकेको भन्ने आधारमा मिर्गौला प्रत्यारोपण अस्वीकार गरेको थियो ।

सर्वोच्चले मानवीय र संवैधानिक आधारमा मिर्गौला प्रत्यारोपण रोक्न नमिल्ने स्पष्ट गरेको छ । बिरामीको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको अवस्था दर्साउँदै तत्काल मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध गराउन सर्वोच्चले अस्पताललाई आदेश दिएको छ ।

सर्वोच्चले नेपालको संविधानको धारा १६(१) मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूति गरिएको उल्लेख गरेको छ । धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकबाट कसैलाई वञ्चित नगरिने व्यवस्था रहेको भन्दै सर्वोच्चले रिट निवेदकको मागबमोजिम मिर्गौला प्रत्यारोपणका निम्ति परमादेश जारी गरेको छ ।

“स्वास्थ्य सेवाजस्तो जीवनमरणको संवेदनशील विषयमा हरेक व्यक्तिको बाँच्न पाउने हकलाई कानुनी प्रावधानको शाब्दिक व्याख्या गरी इन्कार गर्न मिल्ने अवस्था हुँदैन,” सर्वोच्चले भनेको छ ।

शरणार्थी शिविर व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय झापाको पत्रबाट श्रीमान् र श्रीमती भएको पुष्टि भइसकेको अवस्थामा नाता सम्बन्धमा समेत विवाद गर्ने ठाउँ नरहेको सर्वोच्चले स्पष्ट पारेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘म बाँचेँ, तर मेरा श्रीमती र चारै छोराछोरी बगाए’ : टिमुरे बाढीपीडित गिरीलालको दर्दनाक कथा

देउवाको माग सर्वोच्चबाट अस्वीकार, कांग्रेसको आधिकारिकतासम्बन्धी फैसला संशोधन नहुने

सम्बन्धित

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

बाढीपछि सेना र निजी क्षेत्रबाट ११४ जनाको हवाई उद्धार

केरुङ नाकामा पहिरो, सडक अवरुद्ध

भोटेकोसी बाढी: राहत कार्यमा जुट्न संसद् बैठक अनिश्चितकालका लागि स्थगित

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

भोटेकोसी बाढी : सिन्धुपाल्चोकबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu