ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठेखोला गाउँपालिकाद्वारा ‘न्यायिक सन्देश’ पुस्तक सार्वजनिक


ABC NEWS
१९ श्रावण २०८३, मंगलबार   ८ : ५५   बजे

बागलुङ । काठेखोला गाउँपालिकाले स्थानीय नागरिकलाई न्यायिक समितिको सेवा, प्रक्रिया र अधिकारबारे सहज जानकारी उपलब्ध गराउने उद्देश्यले ‘न्यायिक सन्देश’ नामक पुस्तक प्रकाशित गरेको छ।

सोमबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेजबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेल तथा वडा अध्यक्षहरूले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।

अध्यक्ष थापाले पुस्तकले न्यायिक समितिको कार्यसम्पादनलाई अभिलेखीकरण गर्नुका साथै आगामी दिनमा न्याय सम्पादनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।

पुस्तकमा गत वैशाखमा आयोजित तेस्रो न्यायिक सम्मेलन र बेलढुंगा घोषणापत्र, स्थानीय सरकार सञ्चालन ऐनअनुसार न्यायिक समितिको अधिकार तथा निवेदन, प्रतिउत्तर, म्याद तामेली, वकपत्रलगायतका आवश्यक ढाँचाहरू समावेश गरिएको छ।

न्यायिक समितिका संयोजक तथा उपाध्यक्ष तेजबहादुर थापाले पुस्तकले न्यायिक प्रक्रिया बुझ्न र सेवा लिन चाहने सर्वसाधारणलाई उपयोगी मार्गदर्शकका रूपमा काम गर्ने विश्वास व्यक्त गरे।

यसका साथै पुस्तकमा बागलुङ जिल्लाका १० वटै स्थानीय तहमा दर्ता भएका मुद्दाको विवरण, मेलमिलापकर्ताको नाम र शैक्षिक योग्यता, न्यायिक समिति सम्बन्धी लेख, तथ्यांक तथा कविता समेत समेटिएको छ।

पुस्तकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाल सरकारका महान्यायाधिवक्ता नारायणदत्त कँडेल तथा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेल का शुभकामना सन्देश पनि समावेश गरिएको छ।

कार्यक्रममा न्यायिक सम्मेलन सफल बनाउन सहयोग गर्ने स्वयंसेवक, नेपाल स्काउट तथा विभिन्न उपसमितिका पदाधिकारीलाई सम्मान समेत गरिएको गाउँपालिकाले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Gaza Doctor Abu Safia Continues to Face Abuse in Israeli Prison

PM Shah Pledges Swift Rescue for People Trapped in Hydropower Tunnels

Bhotekoshi Flood: Over 4,200 People Still Missing After Devastating Flash Flood

U.S. Threatens International Criminal Court Amid Sovereignty Concerns

Israeli Minister Proposes Crocodiles as Prison Guards for Palestinian Detainees

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu