काठमाडौं — प्रधानसेनापति अशोक राज सिग्देलले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको बताइएको छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेटवार्ता भएको पुष्टि भए पनि छलफलको विषयवस्तुबारे भने कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
Originally published on abcnews.com.np.















प्रतिक्रिया दिनुहोस्