ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपतिमा वाग्द्वारको शुद्ध पानी ल्याउने तयारी, २१ किलोमिटर पाइपलाइनको गृहकार्य सुरु


Uki-Abcnews.com.np
२० श्रावण २०८३, बुधबार   ७ : ३५   बजे

काठमाडौं। पशुपतिनाथ मन्दिरमा दैनिक अभिषेक र जलस्नानका लागि बागमती नदीको मुहान वाग्द्वारबाटै शुद्ध पानी ल्याउने तयारी सुरु भएको छ। पशुपति क्षेत्र विकास कोषले स्थानीय तहसँगको समन्वयमा करिब २१ किलोमिटर पाइपलाइनमार्फत शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जस्थित वाग्द्वारको पानी पशुपतिसम्म ल्याउने सम्भावनाबारे प्रारम्भिक गृहकार्य थालेको हो।

हाल बागमती नदीको पानी प्रदूषित भएकाले मन्दिर परिसरको इनारको पानी अभिषेकका लागि प्रयोग हुँदै आएको छ। यही अवस्थालाई ध्यानमा राख्दै कोषले पशुपतिमा अर्पण गरिने जल शुद्ध बनाउन वाग्द्वारबाटै पानी ल्याउने विकल्पमा छलफल अघि बढाएको हो।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार वाग्द्वारदेखि पशुपतिसम्म पाइपलाइन विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल सुरु भएको छ। प्राविधिक सर्वेक्षण र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएपछि मात्रै आयोजना कार्यान्वयनतर्फ अघि बढाइने उनले बताए।

स्थानीय तहले पनि यो योजनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कोषका पूर्व सदस्यसचिव डा. मिलनकुमार थापाका अनुसार गोकर्णेश्वर, बुढानीलकण्ठ र कागेश्वरी मनोहरा नगरपालिकासँग समन्वय गरी बागमतीको मुहान क्षेत्रबाट पानी ल्याउने कार्ययोजना अघि बढाइएको छ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले आयोजनाका लागि नगरपालिकाले एक करोड रुपैयाँ र बागमती प्रदेश सरकारले पाँच करोड रुपैयाँ उपलब्ध गराउने सुनिश्चित गरिसकेको बताए। तर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको सहमति र आवश्यक कानुनी प्रक्रिया पूरा हुन नसक्दा योजना अघि बढ्न नसकेको उनको भनाइ छ।

उनका अनुसार यसअघि पनि समझदारी भएको भए पनि प्राविधिक र कानुनी अड्चनका कारण आयोजना रोकिएको थियो। नगरपालिकाले निकुञ्जलाई पुनः पत्राचार गरिसकेको र आवश्यक स्वीकृति प्राप्त हुनासाथ काम अघि बढाउने तयारी गरेको जनाएको छ।

यता शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जले भने आयोजनाका लागि आफ्नो पूर्वस्वीकृति अनिवार्य हुने स्पष्ट पारेको छ। निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी शिवलाल गैरेले सम्भाव्यता अध्ययनका लागि अनुमति लिइएको हुन सक्ने भए पनि आयोजना कार्यान्वयनका लागि हालसम्म कुनै औपचारिक सहमति नभएको बताए।

उनले निकुञ्ज क्षेत्रभित्रको प्राकृतिक स्रोत उपयोग गर्नुअघि कानुनअनुसार निकुञ्ज प्रशासनको अनुमति आवश्यक पर्ने उल्लेख गर्दै स्वीकृति दिने वा नदिने निर्णय कानुनी प्रावधान, वातावरणीय प्रभाव र कार्यालयको निर्णयका आधारमा हुने बताए। धार्मिक महत्वसँगै निकुञ्जको पर्यावरणीय सन्तुलनलाई पनि ध्यान दिनुपर्ने उनको भनाइ छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

जमल किन डुब्छ? अध्ययनले देखायो ढल प्रणालीको कमजोरी, दीर्घकालीन समाधान अझै प्रतीक्षामा

राष्ट्र बैंकलाई आर्थिक रूपान्तरणको सह–निर्माता बन्न अर्थमन्त्री वाग्लेको आग्रह

तीन महिनामा अवैध हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

दाङका वन क्षेत्रमा लुकाइएका ५५ नाल भरुवा बन्दुक बरामद

आर्थिक सुधारका लागि नीतिगत आत्मविश्वास आवश्यक : अर्थमन्त्री वाग्ले

नबिल बैंकको नाफामा ३३.५ प्रतिशत वृद्धि, खराब कर्जा घट्दा वित्तीय प्रदर्शनमा सुधार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu