ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धुलो–धुवाँमुक्त काठमाडौं बनाउने तयारी, ‘वायु गुणस्तर कार्ययोजना–२०२६’ ल्याइँदै


Uki-Abcnews.com.np
२० श्रावण २०८३, बुधबार   ७ : ३५   बजे

काठमाडौ । विश्वका प्रदूषित सहरमध्ये पर्ने काठमाडौंलाई धुलो र धुवाँमुक्त बनाउने लक्ष्यसहित वातावरण विभागले ‘वायु गुणस्तर कार्ययोजना–२०२६’ ल्याउने तयारी गरेको छ। राजधानीको वायु प्रदूषण घटाएर स्वच्छ र स्वास्थ्यमैत्री सहर बनाउने उद्देश्यले विभागले कार्ययोजना तयार पार्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले प्रदूषित सहरको छवि हटाएर काठमाडौंलाई स्वच्छ सहरका रूपमा स्थापित गर्ने लक्ष्यका साथ कार्ययोजना र अनुगमनलाई प्रभावकारी बनाइँदै गएको बताए। उनका अनुसार कार्ययोजनाको मस्यौदामाथि अहिले सरोकारवालासँग राय–सुझाव संकलन भइरहेको छ।

विभागका अनुसार नयाँ कार्ययोजनाले जैविक इन्धनको प्रयोग घटाउँदै उद्योगहरूलाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्न जोड दिनेछ। वातावरण विभागका प्रवक्ता कञ्चनकुमार नायकले उद्योगका पुराना मेसिन परिवर्तन गर्न सरकारले अनुदान दिने, बायोब्रिकेट तथा विद्युतीय प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिइएको बताए।

त्यस्तै, अत्यधिक धुवाँ उत्सर्जन गर्ने उद्योगलाई क्रमशः काठमाडौं उपत्यकाबाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गर्ने लक्ष्य पनि कार्ययोजनामा समावेश गरिएको छ। विभागका अनुसार धुवाँ बढी उत्सर्जन गर्ने करिब ४ सय उद्योगका झन्डै १० लाख ब्वाइलर परिवर्तन गर्नुपर्ने अवस्था रहेको छ।

कार्ययोजना निर्माणमा संलग्न वातावरण निरीक्षक हसना श्रेष्ठले २०७६ सालको कार्ययोजनाले समेट्न नसकेका विषयलाई नयाँ योजनामा समावेश गरिएको बताइन्। उनका अनुसार अन्तरदेशीय तथा अन्तरक्षेत्रीय वायु प्रदूषण, डढेलोबाट हुने प्रदूषण र त्यसको न्यूनीकरणका उपायलाई पनि नयाँ कार्ययोजनाले समेट्नेछ।

विभागले एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र विश्व स्वास्थ्य संगठनका सुझावलाई समेत कार्ययोजनामा समावेश गर्ने तयारी गरेको जनाएको छ। विगतका कार्ययोजनाबाट सिक्दै कार्यान्वयन गर्न सकिने र व्यावहारिक योजना अघि सारिएको विभागको भनाइ छ।

यद्यपि भारतबाट आउने धुलो–धुवाँसहितको अन्तरदेशीय प्रदूषण नियन्त्रणका विषयमा कार्ययोजना अझै कमजोर देखिएको विज्ञहरूको टिप्पणी छ। डढेलो विज्ञ सुन्दर शर्माका अनुसार काठमाडौं उपत्यकामा जम्ने धुलो र धुवाँ हटाउन वर्षा प्रभावकारी उपाय भए पनि हिउँदयाममा वर्षा कम हुने भएकाले दीर्घकालीन आन्तरिक रणनीति आवश्यक रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

जमल किन डुब्छ? अध्ययनले देखायो ढल प्रणालीको कमजोरी, दीर्घकालीन समाधान अझै प्रतीक्षामा

राष्ट्र बैंकलाई आर्थिक रूपान्तरणको सह–निर्माता बन्न अर्थमन्त्री वाग्लेको आग्रह

तीन महिनामा अवैध हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

दाङका वन क्षेत्रमा लुकाइएका ५५ नाल भरुवा बन्दुक बरामद

आर्थिक सुधारका लागि नीतिगत आत्मविश्वास आवश्यक : अर्थमन्त्री वाग्ले

नबिल बैंकको नाफामा ३३.५ प्रतिशत वृद्धि, खराब कर्जा घट्दा वित्तीय प्रदर्शनमा सुधार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu