ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्र बैंकलाई आर्थिक रूपान्तरणको सह–निर्माता बन्न अर्थमन्त्री वाग्लेको आग्रह


Uki-Abcnews.com.np
२० श्रावण २०८३, बुधबार   ११ : ४५   बजे

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाको भूमिकामा सीमित नरही मुलुकको आर्थिक रूपान्तरणको प्रमुख सहयात्री र सह–निर्माताका रूपमा अघि बढ्न आग्रह गरेका छन्।

बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले अबको नियमन नियन्त्रणमुखीभन्दा उत्पादनशील आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताए। निजी क्षेत्रले अहिले सहुलियतभन्दा बढी नीतिगत स्पष्टता, स्थिर नियम र विश्वसनीय कार्यान्वयनको अपेक्षा गरिरहेको उल्लेख गर्दै उनले सरकार र नियामक निकायले त्यसअनुसार काम गर्नुपर्ने धारणा राखे।

विगत एक दशकका आर्थिक नीतिहरूको समीक्षा गर्दै उनले नीतिगत निर्णय भए पनि कार्यान्वयनमा अपेक्षित सफलता किन प्राप्त हुन सकेन र निजी क्षेत्र किन प्रतिरक्षात्मक अवस्थामा पुग्यो भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताए।

अर्थमन्त्री वाग्लेले बैंकिङ प्रणालीमा तरलता बढ्दो भए पनि उद्योग तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह अपेक्षाअनुसार हुन नसकेको र पुँजी बजार तथा वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध कमजोर रहेको उल्लेख गर्दै आगामी दशकको आर्थिक नीति यिनै चुनौती समाधानमा केन्द्रित हुनुपर्ने बताए। चालु आर्थिक वर्षको बजेटलाई उनले आर्थिक सुधार र संरचनागत रूपान्तरणको मार्गचित्रका रूपमा व्याख्या गर्दै राष्ट्र बैंकले पनि आफ्नो भूमिका सोहीअनुरूप पुनर्परिभाषित गर्नुपर्ने बताए।

उनले राष्ट्र बैंकका अधिकारीहरूलाई समस्या व्यवस्थापन गर्ने नियामकभन्दा समस्या समाधान गर्ने नियामक बन्न आग्रह गर्दै उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह विस्तार, अधिक तरलतालाई उद्योग र रोजगारीमा परिचालन तथा पुँजी बजार, घरजग्गा र बैंकिङ प्रणालीबीच स्वस्थ सम्बन्ध कायम गर्न नयाँ नीतिगत पहल आवश्यक रहेको बताए।

अर्थमन्त्रीले डिजिटल वित्त, फिनटेक, स्टार्टअप तथा नयाँ वित्तीय उपकरणहरूको विकासलाई सहज बनाउने, मौद्रिक र वित्तीय नीतिबीच प्रभावकारी समन्वय गर्ने तथा ‘यो सम्भव छैन’ भन्ने सोच त्यागेर समाधानमुखी दृष्टिकोण अपनाउनुपर्नेमा पनि जोड दिए।

उनले सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्र एउटै दिशा र गतिमा अघि बढ्न सके आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन नहुने विश्वास व्यक्त गर्दै छलफलबाट आएका सुझावलाई कार्ययोजनामा रूपान्तरण गरिने र आवश्यक परे संयुक्त कार्यदल गठन गरेर निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाइने प्रतिबद्धता जनाए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

जमल किन डुब्छ? अध्ययनले देखायो ढल प्रणालीको कमजोरी, दीर्घकालीन समाधान अझै प्रतीक्षामा

तीन महिनामा अवैध हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

दाङका वन क्षेत्रमा लुकाइएका ५५ नाल भरुवा बन्दुक बरामद

आर्थिक सुधारका लागि नीतिगत आत्मविश्वास आवश्यक : अर्थमन्त्री वाग्ले

नबिल बैंकको नाफामा ३३.५ प्रतिशत वृद्धि, खराब कर्जा घट्दा वित्तीय प्रदर्शनमा सुधार

धुलो–धुवाँमुक्त काठमाडौं बनाउने तयारी, ‘वायु गुणस्तर कार्ययोजना–२०२६’ ल्याइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu