काठमाडौं । सरकारले ११४ दिनदेखि बन्द रहेको सार्वजनिक पुस्तकालय पुनः सञ्चालनमा ल्याएको छ। बुधबारबाट पुस्तकालय खुल्ने जानकारी दिएपछि बिहानैदेखि पाठकहरू पुस्तकालय पुगेका थिए।
सरकारले तोकेको समयअनुसार बिहान ९ बजेदेखि पुस्तकालय खुल्ने अपेक्षामा पाठकहरू पुगे पनि सम्बन्धित सरकारी प्रतिनिधि समयमै नआएपछि केही समय ढिलाइ भएको थियो। यसले प्रतीक्षारत पाठकहरूले असन्तुष्टि जनाएका थिए।
लामो समयपछि पुस्तकालय खुलेसँगै अध्ययन तथा अनुसन्धानका लागि पुस्तकालयमा निर्भर विद्यार्थी, अनुसन्धानकर्ता र सर्वसाधारणलाई राहत पुगेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्