ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशका ७२ जिल्लामा डेङ्गु फैलियो, दुई हजारभन्दा बढी संक्रमित, दुई जनाको मृत्यु


Uki-Abcnews.com.np
२० श्रावण २०८३, बुधबार   १ : ५५   बजे

काठमाडौं । देशका ७२ जिल्लामा डेङ्गु संक्रमण फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष पुसयता दुई हजार २५ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ।

कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार प्रदेशगत रूपमा सबैभन्दा बढी संक्रमित कोशी प्रदेशमा ५६८ जना रहेका छन्। त्यसपछि गण्डकीमा ५३२, बागमतीमा ३६५, लुम्बिनीमा ३४३, सुदूरपश्चिममा १०३, मधेशमा ७२ र कर्णालीमा ४२ जनामा संक्रमण पुष्टि भएको छ।

महाशाखाले वर्षायाममा पानी जम्ने स्थान बढेसँगै डेङ्गु फैलिने जोखिम अझ उच्च हुने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। घर, आँगन तथा वरपर पानी जम्न नदिन, लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउन, झुल प्रयोग गर्न तथा ज्वरो आएमा तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण र उपचार गराउन महाशाखाले अनुरोध गरेको छ।

डेङ्गु नियन्त्रणका लागि साउनदेखि तीन महिने सचेतना अभियान सञ्चालन गरिएको जानकारी दिँदै डा. दाहालले सरकारी निकाय, स्थानीय तह र समुदायको सक्रिय सहभागिताबिना संक्रमण नियन्त्रण गर्न कठिन हुने बताए। महाशाखाले अभियानलाई प्रभावकारी बनाउन सबै पक्षलाई सहकार्य गर्न आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

जमल किन डुब्छ? अध्ययनले देखायो ढल प्रणालीको कमजोरी, दीर्घकालीन समाधान अझै प्रतीक्षामा

राष्ट्र बैंकलाई आर्थिक रूपान्तरणको सह–निर्माता बन्न अर्थमन्त्री वाग्लेको आग्रह

तीन महिनामा अवैध हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

दाङका वन क्षेत्रमा लुकाइएका ५५ नाल भरुवा बन्दुक बरामद

आर्थिक सुधारका लागि नीतिगत आत्मविश्वास आवश्यक : अर्थमन्त्री वाग्ले

नबिल बैंकको नाफामा ३३.५ प्रतिशत वृद्धि, खराब कर्जा घट्दा वित्तीय प्रदर्शनमा सुधार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu