ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘उपचार खर्च लाग्छ’ भन्ने डरले आफ्नै साथीको हत्या, नहरमा शव फालेपछि रहस्य खुल्यो


ABC NEWS
२० श्रावण २०८३, बुधबार   ६ : ०५   बजे

काठमाडौं । बर्दियाको ठाकुरबाबा नगरपालिका–९ बेथहनीका २७ वर्षीय आशाराम थारुको हत्यामा उनकै साथीको संलग्नता रहेको प्रहरीले खुलासा गरेको छ। प्रारम्भिक अनुसन्धानमा रहस्यमय देखिएको घटनामा मोटरसाइकल दुर्घटनापछि उपचार खर्चको डरले घाइते आशारामको हत्या गरी शव नहरमा फालिएको खुलेको हो।

प्रहरीका अनुसार आशाराम साउन १५ गते साथी गोविन्द जैसीको आग्रहमा घुम्न भन्दै घरबाट निस्किएका थिए। आफूसँग सवारी साधन नभएका आशाराम गोविन्दले चलाएको लुम्बिनी प्रदेश ००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकलमा सवार भएका थिए। परिवारलाई साथीसँग घुम्न गएको जानकारी गराए पनि उनी त्यस रात घर फर्किएनन्।

परिवारले खोजी गर्दा कुनै जानकारी नपाएपछि हराएको सूचना प्रहरीमा दिएको थियो। त्यसको दुई दिनपछि, साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नहरमा घोप्टो परेको अवस्थामा आशारामको शव स्थानीयले फेला पारेका थिए।

घटनास्थलको अवस्था र शवको प्रकृतिले मृत्यु शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। घटनास्थलमै मृत्यु भएको संकेत वा अन्य महत्वपूर्ण प्रमाण नपाएपछि अनुसन्धानको केन्द्र आशारामका अन्तिम पटक सँगै देखिएका साथी गोविन्द जैसीतर्फ मोडिएको थियो।

प्रहरीले गोविन्दमाथि सोधपुछ तीव्र बनाएपछि उनको व्यवहार शंकास्पद देखिएको थियो। त्यसपछि गरिएको थप अनुसन्धानका क्रममा गोविन्दलाई साउन १७ गते नै पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरिएको बर्दिया प्रहरीले जनाएको छ।

दुर्घटनापछि हत्या गरेको बयान

प्रहरीका अनुसार प्रारम्भमा हत्या विवाद वा आर्थिक कारणले भएको हुनसक्ने अनुमान गरिएको थियो। तर, थप बयानका क्रममा गोविन्दले प्रहरीलाई चकित पार्ने स्वीकारोक्ति दिएका छन्।

उनले मोटरसाइकल दुर्घटनामा आशाराम गम्भीर घाइते भएको र उपचारमा धेरै खर्च लाग्ने डरले हत्या गरेको बयान दिएका छन्। सुरुमा प्रहरीले उक्त बयान पत्याउन कठिन माने पनि गोविन्दले दुर्घटनास्थलबारे दिएको विवरणपछि घटनाको वास्तविकता पुष्टि हुने आधार भेटिएको थियो।

अस्पताल लैजानुको सट्टा नहरमा फाले

बर्दिया प्रहरी प्रमुख एसपी सरोज पौडेलका अनुसार अनुसन्धानबाट मोटरसाइकलमा तीन जना सवार रहेको खुलेको छ। दुर्घटनापछि गम्भीर घाइते भएका आशारामलाई अस्पताल लैजानुको सट्टा गोविन्द र अर्का एक जनाले हत्या गरी शव नहरमा फालेको अनुसन्धानबाट देखिएको छ।

प्रहरीले दुवै आरोपीले मदिरा सेवन गरेको र त्यही अवस्थामै अपराध गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।

हाल पक्राउ परेका गोविन्द जैसी र अर्का एक युवकविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

अब एआईले बनाउनेछ सरकारी बजेट

देशका ७२ जिल्लामा डेङ्गु फैलियो, दुई हजारभन्दा बढी संक्रमित, दुई जनाको मृत्यु

जमल किन डुब्छ? अध्ययनले देखायो ढल प्रणालीको कमजोरी, दीर्घकालीन समाधान अझै प्रतीक्षामा

राष्ट्र बैंकलाई आर्थिक रूपान्तरणको सह–निर्माता बन्न अर्थमन्त्री वाग्लेको आग्रह

तीन महिनामा अवैध हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

दाङका वन क्षेत्रमा लुकाइएका ५५ नाल भरुवा बन्दुक बरामद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu