ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस


ABC NEWS
२० श्रावण २०८३, बुधबार   ६ : १५   बजे

 

 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिको पदावधि घटाउने विषयमा प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा फरक–फरक धारणा सार्वजनिक भएका छन्। नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयक माथिको दफाबार छलफलका क्रममा सांसदहरूले हालको पाँच वर्षे कार्यकाल यथावत् राख्नेदेखि तीन वर्षमा झार्नेसम्मका प्रस्ताव अघि सारेका हुन्।

समितिको मंगलबार बसेको बैठकमा सांसद लिमा अधिकारीले गभर्नर र सञ्चालक समितिको पदावधि चार वर्ष कायम गर्नुपर्ने धारणा राखिन्। सांसद सुशील खड्काले पनि हालको पाँच वर्षे कार्यकाल घटाएर चार वर्ष बनाउनु उपयुक्त हुने बताए।

यस्तै, सांसद पारसमणि गेलालले भने गभर्नर र सञ्चालक समितिको कार्यकाल तीन वर्ष मात्रै हुनुपर्ने प्रस्ताव अघि सारे।

सांसद परशुराम तामाङले पदावधि समाप्त भएपछि कार्यसम्पादन सन्तोषजनक भए एकपटक कार्यकाल थप गर्ने व्यवस्था राख्नुपर्ने सुझाव दिए। सांसद पुष्पराज कँडेलले पनि पाँच वर्षको सट्टा चार वर्षे कार्यकाल उपयुक्त हुने बताउँदै आवश्यक परे एकपटक पुनर्नियुक्ति गर्न सकिने व्यवस्था हुनुपर्ने धारणा राखे।

तर, सांसद गणेश पराजुलीले भने नेपाल राष्ट्र बैंक निश्चित विधि, प्रक्रिया र संस्थागत निरन्तरताका आधारमा सञ्चालन हुने भएकाले हालको पाँच वर्षे पदावधि यथावत् राख्नुपर्ने पक्षमा मत व्यक्त गरे।

यसैबीच सांसद विदुषी राणाले गभर्नर, डेपुटी गभर्नर र सञ्चालक समितिका सदस्य नियुक्तिका लागि फरक–फरक योग्यता निर्धारण गर्नुपर्ने सुझाव दिइन्।

अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले गभर्नर तथा सञ्चालक समितिको कार्यकाल पाँच वर्ष कायम गर्ने, घटाउने वा पुनर्नियुक्तिको व्यवस्था गर्ने विषयमा समितिमा छलफल जारी रहेको जानकारी दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Drone Strike Near Zaporizhzhia Nuclear Plant Injures Dozens

Syria Permits UN Inspection of Assad-Era Nuclear Program

DR Congo Ebola Outbreak Declared Global Emergency as Cases Surpass 5,000

Israeli Strike Kills At Least Six in Gaza City Amid Ceasefire Impasse

Trump Denies Iran Talks as Hormuz Dispute Intensifies

US Imposes Sanctions on International Criminal Court Officials

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu