ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित


ABC NEWS
२१ श्रावण २०८३, बिहिबार   ८ : ५५   बजे

काठमाडौं । जर्मनीको लाइपजिग–हाले विमानस्थलमा युक्रेनी मालवाहक विमाननजिक विस्फोटक पदार्थ जडान गरिएको ड्रोन फेला परेपछि सुरक्षा सतर्कता बढाइएको छ। मंगलबार राति विमानस्थलका एक कर्मचारीले रनवेनजिक शंकास्पद ड्रोन देखेपछि सुरक्षा निकायलाई जानकारी गराएका थिए। त्यसपछि राज्य र संघीय प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर बम डिस्पोजल रोबोटको सहायताले ड्रोनमा जडित विस्फोटक उपकरण सुरक्षित रूपमा निष्क्रिय पारेका छन्।

घटनापछि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै विमानस्थलका उडानहरू केही समयका लागि स्थगित गरिएको थियो। यस क्रममा धेरै मालवाहक विमान तथा एक यात्रुवाहक उडानलाई वैकल्पिक विमानस्थलतर्फ मोडिएको थियो। अवस्था नियन्त्रणमा आएपछि बुधबार बिहानदेखि उत्तरी रनवेबाट उडान सेवा पुनः सञ्चालन गरिएको छ भने दक्षिणी रनवे आंशिक रूपमा बन्द रहेको छ। ड्रोन कसले र किन विमानस्थलसम्म पुर्‍यायो भन्ने विषयमा जर्मन सुरक्षा निकायले अनुसन्धान अघि बढाएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१५ दिनमा तलब दिने निर्णय कार्यान्वयनमै अलमल

सुनसरी घटनादेखाउँदै तिब्बती अध्ययन सम्मेलन

सम्बन्धित

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu