ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?


ABC NEWS
१९ श्रावण २०८३, मंगलबार   ५ : ५५   बजे
काठमाडौं । भारतको बिहारमा लामो समयदेखि भारतीय जनता पार्टी (भाजपा) को गढ मानिएको बाँकीपुर विधानसभा क्षेत्रको उपनिर्वाचनमा जनसुराज पार्टीका संस्थापक प्रशान्त किशोरको जितलाई एक सिटको विजयभन्दा धेरै ठूलो राजनीतिक सन्देशका रूपमा हेरिएको छ । यो नतिजाले बिहारको राजनीतिमा नयाँ बहस सुरु गराएको छ ।
बाँकीपुर सिट सन् १९९५ देखि लगातार भाजपाको नियन्त्रणमा थियो । पहिले नवीन कुमार सिन्हा र त्यसपछि उनका छोरा नितिन नवीनले यहाँबाट लगातार जित्दै आएका थिए । नितिन नवीन राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको यो सिटमा प्रशान्त किशोरको जितलाई भाजपाको बलियो गढमा लागेको ठूलो धक्काका रूपमा लिइएको छ ।
यस जितलाई मतदाताहरूले जातीय समीकरणमा सीमित नरही सुशासन, विकास र राजनीतिक विकल्पलाई पनि प्राथमिकता दिन थालेको संकेतका रूपमा हेरिएको छ । राजनीतिक विश्लेषक ए.के. चौधरीका अनुसार बिहारमा जातीय समीकरण अझै पनि निर्वाचनको प्रमुख आधार भए पनि प्रशान्त किशोरको जितले सुशासन र प्रणाली सुधारका मुद्दालाई केन्द्रमा ल्याएको छ ।
‘अब अन्य दलहरूले पनि यी मुद्दालाई बेवास्ता गर्न सक्ने अवस्था छैन,’ चौधरीले भने, ‘तर जातीय राजनीति तत्काल समाप्त हुने सम्भावना भने छैन ।’
‘भोट काट्ने’ छविबाट मुक्ति
सन् २०२५ को बिहार विधानसभा निर्वाचनमा जनसुराज पार्टीले २३८ सिटमा उम्मेदवार उठाए पनि २३७ जनाको धरौटी जफत भएको थियो । त्यसबेला प्रशान्त किशोर स्वयं उम्मेदवार बनेका थिएनन् । विश्लेषकहरूका अनुसार बाँकीपुरको जितले उनको ‘भोट काट्ने नेता’ भन्ने छवि परिवर्तन गर्न मद्दत गर्नेछ ।
अब उनी केवल चुनावी रणनीतिकार मात्र नभई सक्रिय जनप्रतिनिधिका रूपमा स्थापित हुने अवसर प्राप्त भएको छ । यद्यपि, केही भाजपा नेताहरूले उनको जितमा पार्टीभित्रको असन्तुष्टि र क्रस भोटिङले पनि भूमिका खेलेको दाबी गरेका छन् ।
कम मतदान
बाँकीपुर उपनिर्वाचनका लागि जुलाई ३० मा मतदान भएको थियो । यसपटक २०२५ को निर्वाचनको तुलनामा करिब सात प्रतिशत कम अर्थात् ३४.३० प्रतिशत मतदान भयो । अघिल्लो निर्वाचनमा यहाँ ४१.३९ प्रतिशत मतदान भएको थियो । सन् २०१० यताकै यो सबैभन्दा कम मतदान हो ।
यस निर्वाचनमा एनडीएका तर्फबाट भाजपाका नीरज सिन्हा, महागठबन्धनका तर्फबाट राष्ट्रिय जनता दल (राजद) की रेखा गुप्ता तथा अन्य गरी २५ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
राजनीतिशास्त्रकी सेवानिवृत्त प्राध्यापक श्यामली घोषका अनुसार अब प्रशान्त किशोरको वास्तविक परीक्षा विधानसभामा हुनेछ । सरकारका अपूरा प्रतिबद्धता, तथ्यांकको दुरुपयोग तथा सुशासनका मुद्दालाई प्रभावकारी रूपमा उठाउन सके मात्र जनसुराजप्रति जनविश्वास बढ्ने उनको भनाइ छ ।
बिहारमा जातीय राजनीतिक संरचना तोड्न अझै सहज छैन, त्यसैले निरन्तर जनविश्वास निर्माण गर्नुपर्ने चुनौती प्रशान्त किशोरसामु छ ।
गठबन्धन राजनीतिमा दबाब
बिहारमा पछिल्ला केही दशकदेखि कुनै पनि दलले एक्लै बहुमत ल्याउन सकेको छैन । त्यसैले एनडीए र महागठबन्धन दुवैका लागि बाँकीपुरको परिणाम आत्मसमीक्षाको अवसरका रूपमा हेरिएको छ ।
विश्लेषकहरूका अनुसार भाजपाले सहरी तथा मध्यम वर्गीय मतदाताको विश्वास गुमाउँदै गएको संकेत देखिएको छ भने परम्परागत मुस्लिम–यादव समीकरण पनि चुनौतीमा परेको देखिन्छ । यस परिणामले सत्ता पक्ष र विपक्ष दुवैलाई आफ्नो नीति, रणनीति र नेतृत्व शैली पुनः मूल्यांकन गर्न बाध्य बनाएको बताइएको छ ।
परिवर्तन चाहने मतदाताका लागि जनसुराज पार्टी अब सम्भावित विकल्पका रूपमा देखिन थालेको विश्लेषण गरिएको छ । पटनाका केही मतदाताले पनि अब पुराना दलहरूको विकल्प खोज्ने मनोविज्ञान बढ्दै गएको प्रतिक्रिया दिएका छन् ।
-With input various indian media.

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

अमेरिकी–इरान तनावबीच पाकिस्तानी सेना प्रमुख मुनिर तेहरानमा

भारतको सहयोगमा निर्मित कुमारी छेँ र नयाँ कुमारी निवासको उद्घाटन

अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास रद्द

अमेरिका–इजरायल–इरान तनावबीच फेरि तेहरान पुगे पाकिस्तानी सेनाप्रमुख मुनिर

युक्रेनलाई ईयू र बेलायतद्वारा थप सैन्य सहायताको प्रतिबद्धता

अमेरिकालाई सहयोग गर्ने देशविरुद्ध कडा कारबाहीको इरानी चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu