ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?


Uki-Abcnews.com.np
२० श्रावण २०८३, बुधबार   २ : २५   बजे

काठमाडौं । क्याप्टेन इब्राहिम ट्राओरे अन्तर्राष्ट्रिय रूपमा चर्चित छन् । उनको अफ्रिकी एकता र साम्राज्यवादविरोधी नेताको पहिचान छ । ‘सार्वभौमसत्ता’को उनको सन्देशले अफ्रिकाभर व्यापक समर्थन पाएको छ ।

तर, आफ्नै देश बुर्किना फासोमा भने उनको शासनशैली, सुरक्षा अवस्था र राजनीतिक ट्र्याक रेकर्डमाथि गम्भीर प्रश्नहरू उठ्न थालेका छन् ।

सन् २०२२ मा सैन्य विद्रोहमार्फत सत्तामा आएका ३८ वर्षीय ट्राओरे अहिले अफ्रिकाका सबैभन्दा चर्चित र प्रभावशाली नेतामध्ये एक हुन् । समर्थकहरू उनलाई विदेशी हस्तक्षेपको प्रतिरोध र राष्ट्रिय सार्वभौमसत्ताको प्रतीकका रूपमा प्रस्तुत गर्छन् ।

तर, बुर्किना फासोमा राजनीतिक स्वतन्त्रतामाथि बढ्दो नियन्त्रण, असुरक्षा तथा उनको ‘राष्ट्रिय पुनर्जागरण’को नाराले वास्तवमै दिगो परिवर्तन ल्याउन सक्छ कि सक्दैन भन्ने विषयमा प्रश्नहरू उठिरहेका अलजजिराले जनाएको छ ।

गत अप्रिलमा ट्राओरेले बुर्किना फासोका नागरिकलाई लोकतन्त्रका कुरा बिर्सन आग्रह गर्दै देश लोकतान्त्रिक नभई क्रान्तिकारी चरणमा रहेको बताएका थिए । उनको सरकारले सैन्य नेतृत्वको संक्रमणकालीन अवधि थप गर्नुका साथै राजनीतिक दलहरू विघटन गरेपछि आएको यो अभिव्यक्तिले नागरिक शासनमा तत्काल फर्किने सम्भावना कमजोर रहेको संकेत दिएको विश्लेषकहरूको भनाइ छ ।

यही कारण ट्राओरेको अन्तर्राष्ट्रिय छवि र बुर्किना फासोभित्रको वास्तविक अवस्थाबीचको अन्तर उनको शासनकालको ठूलो बहस बनेको छ ।

बुर्किना फासो एक दशकदेखि साहेल क्षेत्रको सुरक्षा संकटको केन्द्रमा पर्दै आएको छ । अल–कायदा र आईएसआईएससँग आबद्ध सशस्त्र समूहहरूले देशका ठूला भूभागमा प्रभाव विस्तार गर्दै लगातार सरकारहरूलाई चुनौती दिइरहेका छन् ।

इब्राहिम ट्राओरे कसरी लोकप्रिय बने ?

ट्राओरेको लोकप्रियता बुर्किना फासोको सीमा बाहिरसम्म फैलिएको छ । वैदेशिक सैन्य हस्तक्षेप, आर्थिक निर्भरता तथा जनताभन्दा टाढा रहेका राजनीतिक अभिजात वर्गप्रतिको असन्तुष्टिलाई उनले सम्बोधन गरे ।

सेप्टेम्बर २०२२ मा सत्ता सम्हालेयता उनले फ्रान्सेली सेनालाई देशबाट बाहिरिन बाध्य पारे भने रुससँगको सुरक्षा तथा कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाए ।

स्थानीय उद्योग, कृषि र आर्थिक आत्मनिर्भरतालाई राष्ट्रिय प्राथमिकता बनाउनुका साथै साहेल क्षेत्रका अन्य सैन्य नेतृत्व भएका देशहरूसँग सहकार्य गर्दै परम्परागत पश्चिमी सुरक्षा साझेदारीबाट दूरी कायम गरे ।

उनका भाषणहरूमा सन् १९८३ देखि १९८७ सम्म शासन गरेका ‘क्रान्तिकारी’ नेता थामस संकाराको प्रभाव देखिन्छ । संकारालाई अफ्रिकामा साम्राज्यवादविरोध र आत्मनिर्भरताका प्रतीकका रूपमा सम्झिइन्छ ।

समर्थकहरूका अनुसार उनले राष्ट्रिय स्वाभिमान पुनर्स्थापित गर्दै बुर्किना फासोलाई बाह्य शक्तिमाथिको राजनीतिक तथा आर्थिक निर्भरताबाट मुक्त गराउने प्रयास गरिरहेका छन् ।

सुरक्षा विश्लेषक तथा नाइजेरियास्थित बिकन कन्सल्टिङ लिमिटेडका संस्थापक कबीर आदमुले भने, “बुर्किना फासोमा अहिले वैधानिकता र कार्यसम्पादनबीच स्पष्ट विभाजन देखिएको छ । ट्राओरेले सुरक्षा संयन्त्रलाई प्रभावकारिताभन्दा पनि सार्वभौमसत्ताको अवधारणामा केन्द्रित गरेर पुनर्गठन गरेका छन् ।”

उनका अनुसार ‘मातृभूमिको रक्षाका लागि स्वयंसेवक’ कार्यक्रम, पश्चिमी अफ्रिकी राज्यहरूको आर्थिक समुदायबाट बाहिरिने निर्णय तथा रुससँगको सुरक्षा सहकार्यले वैदेशिक सहयोगमा आधारित पुरानो सुरक्षा मोडलबाट निराश भएका नागरिकमा सकारात्मक प्रभाव पारेको छ ।

घानास्थित एक बुर्किनाबे कूटनीतिज्ञले नाम नखुलाउने सर्तमा भने, “मैले दशकौँदेखि पश्चिमी नेताहरूका भाषण सुन्दै आएको छु । ट्राओरे त्यस्ता पहिलो नेता हुन्, जसले अरूले तयार गरिदिएको स्क्रिप्ट पढिरहेका छैनन् जस्तो महसुस हुन्छ ।”

उनको शासनकालमा के परिवर्तन भए ?

ट्राओरे सरकारले आफ्नो ‘सार्वभौमसत्ता’को अवधारणालाई व्यवहारमा उतार्ने प्रयास गर्दै स्थानीय उत्पादन, रणनीतिक क्षेत्रमा सरकारी नियन्त्रण तथा विदेशी निर्भरता घटाउने नीतिलाई प्राथमिकता दिएको छ ।

सरकारका अनुसार धान, मकैलगायत खाद्यान्न उत्पादन बढाउन कृषिमा लगानी वृद्धि गरिएको छ भने स्थानीय प्रशोधन उद्योगलाई प्रोत्साहन दिइएको छ । पूर्वाधार निर्माण तथा रणनीतिक आर्थिक क्षेत्रमा राष्ट्रिय सहभागिता विस्तार गरिएको छ । राज्यको पहुँच कमजोर रहेका क्षेत्रमा स्वयंसेवकहरूको संख्या पनि उल्लेखनीय रूपमा बढाइएको छ ।

सुरक्षा अवस्थामा सुधार आएको छ ?

ट्राओरे सरकारका लागि सबैभन्दा ठूलो परीक्षा सुरक्षा नै हो ।

सत्ता सम्हाल्दा उनले बिग्रँदो सुरक्षा अवस्थालाई सुधार्ने प्रतिबद्धता जनाएका थिए । सन् २०२२ यता सेनाले विभिन्न क्षेत्रमा सैन्य अभियान तीव्र बनाएको तथा रणनीतिक स्थानहरू पुनः नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ ।

तर, सुरक्षा तथा गुप्तचर विश्लेषक मुस्तफा बतुरे सल्लामाका अनुसार अल–कायदासँग आबद्ध जमात नुसरत अल–इस्लाम वल–मुस्लिमीन र आईएसआईएससँग सम्बद्ध समूहहरू अझै पनि शक्तिशाली चुनौतीका रूपमा रहेका छन् ।

हालको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ । लाखौँ नागरिकलाई मानवीय सहायता आवश्यक परेको छ भने २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । पत्रकार, अनुसन्धानकर्ता तथा मानवीय संस्थाहरूको पहुँच सीमित भएकाले सरकारी दाबीको स्वतन्त्र पुष्टि गर्न कठिन भएको छ । विभिन्न क्षेत्रमा हिंसात्मक आक्रमण र नागरिक हताहती अझै पनि जारी छन् ।

राजनीतिक स्वतन्त्रताको अवस्था

ट्राओरे सरकारले क्रमशः सत्ता थप केन्द्रीकृत गर्दै गएको आरोप पनि लागेको छ ।

यसअन्तर्गत राष्ट्रिय संकटको कारण देखाउँदै राजनीतिक दलहरू विघटन गर्ने, राजनीतिक गतिविधि निलम्बन गर्ने, धार्मिक स्वतन्त्रतासम्बन्धी नयाँ कानुन लागु गर्दै केही सुन्नी धर्मगुरुहरूलाई गिरफ्तार गर्ने तथा पत्रकार, विपक्षी दल र नागरिक समाजमाथि नियन्त्रण बढाएको आरोप लागेको छ ।

मानव अधिकारसम्बन्धी विभिन्न संस्थाले यी कदमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

छवि र वास्तविकताबीचको दूरी

इब्राहिम ट्राओरेको उदय बुर्किना फासोले आफ्नो सुरक्षा, स्रोत र राजनीतिक भविष्य आफैँ निर्धारण गर्नुपर्छ भन्ने स्पष्ट सन्देशमा आधारित छ । समर्थकका लागि उनी पूर्वऔपनिवेशिक शक्तिलाई चुनौती दिने साहसी अफ्रिकी नेता हुन् । तर, यो राजनीतिक सन्देशले आम नागरिकको जीवनमा ठोस सुधार ल्याउन सक्छ कि सक्दैन भन्ने प्रश्न अझै बाँकी छ ।

यदि मूल्यांकनको आधार राष्ट्रिय सार्वभौमसत्ता, राजनीतिक सन्देश र जनसमर्थन हो भने ट्राओरेले छोटो समयमै उल्लेखनीय प्रभाव छाडेका छन् । तर, मूल्यांकनको आधार सुरक्षा, मानवीय अवस्था र राजनीतिक स्वतन्त्रता हो भने तस्बिर अझै जटिल देखिने विश्लेषण गरिएको छ ।

वागादुगुका एक युवा नेताले भनेका छन्, “हामीलाई आफ्नै परम्परागत पोशाक लगाएर पश्चिमविरुद्ध निर्भीक रूपमा उभिने नेता पाउँदा गर्व लाग्छ । त्यो गर्व वास्तविक हो । तर, गर्वले परिवारको पेट भरिँदैन, न त गाउँको सुरक्षा गर्छ । हामी क्याप्टेन ट्राओरेलाई शक्ति मात्र होइन, देशभित्र सुरक्षा, स्थायित्व र न्यायको पनि प्रतीक बनेको देख्न चाहन्छौँ ।”

यसैले ट्राओरेको वास्तविक परीक्षा अन्तर्राष्ट्रिय लोकप्रियताभन्दा पनि आफ्नै देशका नागरिकको जीवनमा शान्ति, सुरक्षा र सुशासन स्थापित गर्न सक्ने क्षमताले निर्धारण गर्ने विश्लेषण गरिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

रुसका सैन्य र ऊर्जा पूर्वाधारमा युक्रेनको लामो दूरीको आक्रमण, ८ जनाको मृत्यु

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu