ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनसरी घटनादेखाउँदै तिब्बती अध्ययन सम्मेलन


ABC NEWS
२१ श्रावण २०८३, बिहिबार   १० : ०५   बजे

काठमाडौं । सरकारले भदौ ७ देखि १३ गतेसम्म काठमाडौंमा आयोजना हुने तय भएको तिब्बती अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन स्थगित गर्न निर्देशन दिएको छ। चार वर्षदेखि तयारी भइरहेको सम्मेलन अन्तिम समयमा रोकिएपछि त्यसको कारणलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ।

स्रोतका अनुसार केही समयअघि चिनियाँ राजदूतले परराष्ट्र सचिव अमृतबहादुर राईसँग सम्मेलनबारे छलफल गरेका थिए। तर, उक्त भेटमा सम्मेलनप्रति कुनै आपत्ति भने नजनाइएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

सरकारले भने सुनसरीमा विकसित पछिल्लो अवस्थालाई कारण देखाउँदै सम्मेलन स्थगित गर्न निर्देशन दिएको बताइएको छ।

सम्मेलनमा ३९ देशका तिब्बत अध्ययनसम्बन्धी विज्ञ तथा अनुसन्धानकर्तालाई निमन्त्रणा गरिएको थियो। हालसम्म १५ देशका प्रतिनिधिले सहभागिता सुनिश्चित गरिसकेका थिए।

परराष्ट्र सचिव राईसँगको छलफलपछि मुख्यसचिव गोविन्दबहादुर कार्कीले काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई फोनमार्फत सम्मेलन स्थगित गर्न निर्देशन दिएको स्रोतको दाबी छ।

काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार राजीव श्रेष्ठले सरकारबाट सुनसरी घटनालाई कारण देखाउँदै कार्यक्रम रोक्न भनिएको पुष्टि गरे।

“सुनसरी घटनालाई देखाएर सरकारले यो कार्यक्रम रोक्न भनेको छ,” उनले भने।

श्रेष्ठका अनुसार सम्मेलनका सबै तयारी पूरा भइसकेका थिए र १५ देशका प्रतिनिधिको सहभागिता सुनिश्चित भइसकेको थियो। सरकारको निर्देशनपछि अब थप निर्णयबारे छलफल भइरहेको उनले बताए।

यता, परराष्ट्र मन्त्रालयका एक स्रोतले भने सम्मेलनलाई चीनसँग जोडेर स्थगित गर्नुपर्ने अवस्था नरहेको जनाएको छ।

“चीनबाटै सयभन्दा बढी प्राध्यापक सहभागी हुने तयारी थियो,” स्रोतले भन्यो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कर्मचारीको नयाँ तलबमान लागू, १० प्रतिशत प्रोत्साहन भत्ता र पेन्सन पनि बढ्यो

१५ दिनमा तलब दिने निर्णय कार्यान्वयनमै अलमल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Opposition MPs Protest Over Ram Mandir Donation Theft and Police Action

Jharkhand Students Continue Hunger Strike Over Exam Irregularities

Indian MP Celebrates Meta CEO’s Apology as Victory for National Laws

Ecuador’s President Noboa Tightens Grip Amid Local Elections

FIFA’s Funding Plan Faces Backlash from Global Football Bodies

पहिरोले पेट्रोलपम्प पुरिँदा पाँच मोटरसाइकल क्षतिग्रस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu