ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा


ABC NEWS
२२ श्रावण २०८३, शुक्रबार   ४ : ५५   बजे

अमेरिका र इरानबीच दुई साताको युद्धविराम गर्ने सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको सहमति भएको घोषणा बुधबार बिहान आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर गरेका हुन्।

उनले इरानलाई स्ट्रेट अफ हर्मुज खुला गर्न बुधबार बिहानसम्मको अल्टिमेटम दिएका थिए। त्यसो नभए सम्पूर्ण इरानी सभ्यता नै ध्वस्त पार्ने धम्की दिएका थिए।

ट्रम्पले दिएको अल्टिमेटम सकिन दुई घन्टा बाँकी हुँदा उनी युद्धविरामका लागि सहमति भएका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

ट्रम्पले इरानी सभ्यता नै सखाप पार्ने धम्की दिएपछि पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले रातभरि दुवै पक्षसँग संवाद गरेका थिए।

युद्धविराममा सहमति भएपछि अमेरिका र इरान दुवैले प्रधानमन्त्री सरिफलाई धन्यवाद दिएका छन्।

‘संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान लगायत उनीहरूका सबै सहयोगी राष्ट्रहरू तत्काल कार्यान्वयन हुने युद्धविरामका लागि सहमत भएको घोषणा गर्न पाउँदा म खुशी छु,’ प्रधानमन्त्री शरिफले एक्समा लेखेका छन्।

अमेरिकी अधिकारीहरूले इसराइल पनि युद्धविरामका लागि सहमत भइसकेको दाबी गरेका छन्। युद्धविराममा लेबनन पनि समेटिएको इरानी अधिकारीहरूले बताएका छन्। इरानी सरकारी टेलिभिजनले इरानको १० बुँदे प्रस्तावमा अमेरिकी सहमत भएको भनेर समाचार प्रसारण गरेका छन्।

प्रस्तावमा अहिलेको युद्ध मात्रै नभएर खाडी क्षेत्रमा जारी सबै द्वन्द्वको अन्त्य, हर्मुजमा सुरक्षित आवतजावतका लागि एउटा मापदण्ड, इरान विरूद्ध लगाइएका प्रतिबन्धहरूको फुकुवा र पुनर्निर्माणका कुराहरू समेटिएको रोयटर्सले इरानी सरकारी मिडियाको हवाला दिँदै लेखेको छ।

इरानले इसराइलबाट आक्रमण रोकिए स्ट्रेट अफ हर्मुज खुला गर्ने संकेत गरेको छ।

दुई देशबीच १५ दिनभित्र पाकिस्तानको राजधानी इस्लामावादमा वार्ता हुने पनि तय भएको पनि अधिकारीहरूले बताएका छन्। ६ हप्तादेखि जारी युद्धमा करिब एक दर्जन देशमा पाँच हजारभन्दा बढी मानिसको ज्यान गएको छ, जसमा इरानमै १,६०० भन्दा बढी सर्वसाधारण परेका छन्।

अन्तिम समयमा गरिएको सहमतिले विश्व बजारमा राहतको सास फेर्न मौका दिएको छ। अमेरिकी सेयर सूचक उकालो लाग्दा कच्चा तेलको मूल्य १७ प्रतिशतभन्दा बढीले घटेर करिब ९२ डलर प्रति ब्यारेलमा झरेको रोयटर्सले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ज्योति विकास बैंकले ‘नेपालपे’ कार्ड सेवा सञ्चालन गर्ने

तातोपानी बीओपीमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको ब्यारेकमा क्षति

सम्बन्धित

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu