ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौका परीक्षामा ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण, ५७ हजार ८९७ जनाले पाए सबै विषयमा ग्रेड


ABC NEWS
२२ श्रावण २०८३, शुक्रबार   ७ : ४५   बजे

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षामा सहभागी अधिकांश विद्यार्थी सफल भएका छन्।

बिहीबार प्रकाशित नतिजाअनुसार मौका परीक्षामा सहभागी ७१ हजार ३१० परीक्षार्थीमध्ये ५७ हजार ८९७ जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यो कुल सहभागीको ८१.१९ प्रतिशत हो।

यस वर्ष नियमित परीक्षामा न्यूनतम ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीलाई शैक्षिक अवसर उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्डले साउन २ र ३ गते मौका परीक्षा सञ्चालन गरेको थियो। प्रकाशित नतिजाले ठूलो सङ्ख्यामा विद्यार्थीले आफ्नो शैक्षिक यात्रा अघि बढाउने अवसर पाएका छन्।

बोर्डका अनुसार परीक्षा सञ्चालनका क्रममा नियम उल्लङ्घन गरेको पाइएकाले तीन जना परीक्षार्थीको नतिजा रद्द गरिएको छ।

बोर्डले नतिजामा कुनै प्राविधिक त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयमा रहेको मूल अभिलेखका आधारमा आवश्यक सच्याइने स्पष्ट पारेको छ।

विद्यार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, एसएमएस तथा आइभीआर (IVR) सेवा मार्फत हेर्न सक्नेछन्।

मौका परीक्षाको नतिजासँगै नियमित परीक्षामा असफल भएका हजारौँ विद्यार्थीलाई अब उच्च शिक्षा अध्ययनका लागि नयाँ अवसर खुलेको बोर्डले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तातोपानी बीओपीमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको ब्यारेकमा क्षति

अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध

सम्बन्धित

इन्जिनियरिङ प्रवेश परीक्षामा मदरल्यान्ड उत्कृष्ट : आइओई र केयूमा अमृत तिमिल्सिना दुवैतर्फ दोस्रो

शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोटमा १० जना ‘सर्टलिस्ट’, शुक्रबार प्रस्तुतीकरण र अन्तर्वार्ता

११४ दिनपछि खुल्यो सार्वजनिक पुस्तकालय, ढिलो खुलेपछि पाठक असन्तुष्ट

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोटमा १० जना ‘सर्टलिस्ट’, शुक्रबार प्रस्तुतीकरण र अन्तर्वार्ता

११४ दिनपछि खुल्यो सार्वजनिक पुस्तकालय, ढिलो खुलेपछि पाठक असन्तुष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu