काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको आज (शुक्रबार) बस्ने तय गरिएको बैठक स्थगित गरिएको छ। विशेष कारणवश बैठक निर्धारित मितिमा बस्न नसक्ने भएपछि बैठक आगामी साउन २७ गते बुधबारका लागि सारिएको हो।
संघीय संसद् सचिवालयका अनुसार शुक्रबार दिउँसो १ः१५ बजे बस्ने तय गरिएको बैठक राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिय सभाका अध्यक्षको निर्णयअनुसार स्थगित गरिएको हो।
अब राष्ट्रिय सभाको बैठक साउन २७ गते बुधबार दिउँसो १ः१५ बजे बस्नेछ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामार्फत बैठकको नयाँ मिति र समयबारे राष्ट्रिय सभा सदस्यहरूलाई जानकारी गराइएको छ।
सचिवालयले बैठक स्थगित हुनुको विशेष कारण भने सार्वजनिक गरेको छैन।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्