ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिजिटल कारोबार बढाउन ‘नेशनल लोटरी स्किम’ सुरु, ७६ अर्बका २ करोड कारोबार आबद्ध


ABC NEWS
२२ श्रावण २०८३, शुक्रबार   १० : ३५   बजे

काठमाडौं । सरकारले डिजिटल कारोबार, बिलिङ संस्कृति र कर प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेशनल लोटरी स्किम’ (करदाता प्रोत्साहन उपहार कार्यक्रम) औपचारिक रूपमा सुरु गरेको छ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत घोषणा गरिएको यो योजनाले डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्दै अर्थतन्त्रलाई थप पारदर्शी बनाउने बताए।

उनका अनुसार आधुनिक ‘क्रिप्टोग्राफिक’ र ‘र्यान्डम सेलेक्सन’ प्रविधिमा आधारित प्रणालीमार्फत हालसम्म फोन–पे लगायतका डिजिटल माध्यमबाट भएका करिब ७६ अर्ब रुपैयाँ बराबरका २ करोडभन्दा बढी कारोबार स्वतः कार्यक्रममा आबद्ध भइसकेका छन्।

अर्थमन्त्री वाग्लेले यो योजनाले राजस्व चुहावट नियन्त्रण, अनौपचारिक क्षेत्रलाई करको दायरामा ल्याउन तथा चालु आर्थिक वर्षको १,५८० अर्ब रुपैयाँ राजस्व लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले सुरुमा दण्डभन्दा प्रोत्साहनको नीति अपनाइने भन्दै बिल नकाट्ने वा नक्कली कारोबार गर्ने व्यवसायीलाई ‘फ्रेन्डली रिमाइन्डर’ र ‘फ्रेन्डली भिजिट’मार्फत औपचारिक अर्थतन्त्रमा आबद्ध हुन प्रेरित गरिने बताए।

ताइवान, पूर्वी युरोप र दक्षिण–पूर्वी एसियाली मुलुकका सफल अभ्यासबाट प्रेरित भएर ल्याइएको यो कार्यक्रमले देशभर बिल लिने–दिने संस्कृतिको विकासमा टेवा पुग्ने सरकारको अपेक्षा छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय सेवा दल विधेयकमाथि एमाले सांसद इस्तियाक राईको प्रश्न : ‘सेनाको औचित्य के हो ? ‘

सर्वोच्चको प्रक्रियाको सम्मान गर्छौं, संगठन सुदृढीकरणको अभियान रोकिन्न : कांग्रेस महामन्त्री घिमिरे

सम्बन्धित

बजारबाट तरलता तान्दै राष्ट्र बैंक, ६० अर्ब रुपैयाँको एकमहिने निक्षेप सङ्कलन उपकरण निष्कासन

सुनको मूल्य फेरि उकालो, प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ

चर्माकारद्वारा पत्थरका मूर्ति र छाता हस्तान्तरण

कर नीतिमा स्थिरता र नाका सहज बनाउन नाइमाको माग

प्रतिनिधिसभा बैठक आज : विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

देशभर मासु जाँच ऐन लागू हुँदै : अस्वस्थ मासुमा रोक, वधशालाको फोहोरबाट उद्योग सञ्चालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu