ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सेवा दल विधेयकमाथि एमाले सांसद इस्तियाक राईको प्रश्न : ‘सेनाको औचित्य के हो ? ‘


ABC NEWS
२२ श्रावण २०८३, शुक्रबार   १२ : ०५   बजे

काठमाडौं । नेकपा (एमाले) का सांसद मोहम्मद इस्तियाक राईले राष्ट्रिय सेवा दलसम्बन्धी प्रस्तावित विधेयकको औचित्यमाथि गम्भीर प्रश्न उठाउँदै सेवा दललाई नेपाली सेनाको मातहत राख्ने व्यवस्थाप्रति असहमति जनाएका छन्।

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विधेयकमाथिको छलफलका क्रममा सांसद राईले नेपाली सेनाको वर्तमान भूमिका, आकार र आवश्यकता समेत समयानुकूल पुनरावलोकन गर्नुपर्ने धारणा राखे।

सरकारले पछिल्लो समय विभिन्न समूहसँग वार्ता गरिरहेको प्रसंग उल्लेख गर्दै उनले प्रस्तावित राष्ट्रिय सेवा दललाई कुन ‘सेना’को मातहत राख्ने भन्ने प्रश्न उठाए।

“कुन सेनाको मातहत राख्ने हो ? भदौ २३ र २४ गतेवाला सेनाको मातहत कि केही दिनअघि विभिन्न सेनाको नाममा रहेका समूहसँग सरकारले गरेको वार्ताको सन्दर्भमा ?” उनले प्रश्न गरे।

उनले सरकारका गतिविधिले सेनाको नाममा सक्रिय विभिन्न समूहले समेत वैधानिकता पाएको सन्देश जाने जोखिम रहेको बताए। गृहमन्त्रीले हिन्दु सम्राट सेना लगायतका समूहसँग गरेको वार्तातर्फ संकेत गर्दै उनले यस्ता कदमले मुलुकमा धेरै प्रकारका ‘सेना’ रहेको भ्रम सिर्जना गर्न सक्ने टिप्पणी गरे।

‘नेपाली सेनाको भूमिका पुनः परिभाषित गर्नुपर्छ’

सांसद राईले नेपाली सेनाको वर्तमान संख्या र कार्यक्षेत्रबारे पनि समीक्षा आवश्यक रहेको बताए। मुलुकको सुरक्षा आवश्यकता र सम्भावित चुनौतीका आधारमा सेनाको भूमिका पुनः निर्धारण गर्नुपर्ने उनको भनाइ थियो।

“एक लाखको संख्यामा रहेको सेनाको आवश्यकता र भूमिका के हो ? केवल सलामी र औपचारिकतामा सीमित राख्ने कि विपद् व्यवस्थापन र उद्धारमा अझ प्रभावकारी रूपमा परिचालन गर्ने ?” उनले प्रश्न गरे।

उनले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनबाट प्राप्त हुने आर्थिक लाभमा मात्रै केन्द्रित नभई नेपाली सेनालाई मुलुकभित्र विपद् व्यवस्थापन, उद्धार र जनसेवाका क्षेत्रमा अझ प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने धारणा राखे।

‘विद्यालयमा सैनिक तालिम होइन, नैतिक शिक्षा र विपद् व्यवस्थापन सिकाऔं’

राष्ट्रिय सेवा दलमार्फत विद्यालय तहका १३–१४ वर्षका बालबालिकालाई सैनिक प्रकृतिको तालिम दिने प्रस्तावप्रति पनि सांसद राईले आपत्ति जनाए। यस्तो व्यवस्था संवैधानिक व्यवस्था र बालअधिकारको दृष्टिकोणबाट उपयुक्त हुन्छ कि हुँदैन भन्ने विषयमा गम्भीर बहस आवश्यक रहेको उनको भनाइ थियो।

उनले छुट्टै राष्ट्रिय सेवा दल गठन गर्नुको सट्टा विद्यालयको पाठ्यक्रममै नैतिक शिक्षा, विपद् व्यवस्थापन, प्राथमिक उद्धार तथा सेवामूलक व्यावहारिक तालिम समावेश गर्नुपर्ने सुझाव दिए।

‘दुरुपयोगको जोखिमबाट सचेत हुनुपर्छ’

प्रस्तावित विधेयकले लोकतान्त्रिक शासन व्यवस्थामा पार्न सक्ने दीर्घकालीन प्रभावबारे सचेत गराउँदै सांसद राईले भविष्यमा नेतृत्व परिवर्तन हुँदा यस्ता संरचनाको दुरुपयोग हुन सक्ने जोखिम औँल्याए।

“हामी लोकतान्त्रिक पद्धतितर्फ अघि बढिरहेका छौँ कि अधिनायकवादी बाटोतर्फ ? भोलि नेतृत्व परिवर्तन हुँदा यस्तो संरचनाको दुरुपयोग हुनसक्ने जोखिमप्रति अहिले नै ध्यान दिनुपर्छ,” उनले भने।

विधेयकको स्पष्ट औचित्य नदेखिएको टिप्पणी गर्दै उनले यसमा “षड्यन्त्रको गन्ध” आएको दाबी गरे। साथै, राज्यका विभिन्न निकायमा सैनिक वा पूर्वसैनिकलाई प्राथमिकता दिने प्रवृत्ति अन्त्य गरी नागरिक प्रशासन र सुरक्षा निकायलाई आ–आफ्नो संवैधानिक जिम्मेवारीअनुसार सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सिँचाइ अभाव, मल सङ्कट र उपकरण चोरीले महोत्तरीका किसान समस्यामा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सिँचाइ अभाव, मल सङ्कट र उपकरण चोरीले महोत्तरीका किसान समस्यामा

देवानगञ्ज गोलीकाण्ड: कांग्रेस सुनसरीले प्रधानमन्त्रीलाई ५ बुँदे ज्ञापन, ३ दिनको अल्टिमेटम

जिप र ट्याक्सी ठोकिंदा बडिगाडमा चार जना घाईते

प्रतिनिधिसभा बैठक सुरु, पाँच विधेयक र एउटा प्रतिवेदन पेस हुने (प्रत्यक्ष प्रसारण)

Indian Parliament Adjourns Amid Protests; MSME Bill Passed

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu