ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

८ दलको ‘अग्रगामी मोर्चा’ घोषणा, संघीयता र पहिचानको एजेन्डामा साझा अभियान[पूर्णपाठ]


ABC NEWS
२३ श्रावण २०८३, शनिबार   ३ : ५५   बजे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालसहित आठ राजनीतिक दलले नयाँ राजनीतिक सहकार्यका रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र, पहिचान, समावेशिता र संविधानको पूर्ण कार्यान्वयनलाई साझा एजेन्डा बनाउँदै मोर्चा गठन गरिएको हो।

शनिबार काठमाडौंको थापागाउँस्थित एक ब्यांक्वेटमा आयोजित कार्यक्रममा आठ दलका शीर्ष नेताहरूले संयुक्त रूपमा मोर्चाको घोषणा गर्दै २८ बुँदे अवधारणापत्र सार्वजनिक गरेका छन्।

यी दल भए मोर्चामा

मोर्चाको अवधारणापत्रमा निम्न दलका शीर्ष नेताहरूले हस्ताक्षर गरेका छन्–

  • जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादव
  • जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत
  • आम जनता पार्टीका अध्यक्ष प्रभु साह
  • नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी
  • प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियार
  • नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी
  • बहुजन एकता पार्टीका अध्यक्ष डा. हरिनन्दन कुमार रञ्जन
  • खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष रामकुमार राई

सहमतिलाई प्राथमिकता, आवश्यक परे लोकतान्त्रिक निर्णय

मोर्चाको संरचनाअनुसार नेतृत्व निश्चित अवधिका लागि रहने व्यवस्था गरिएको छ। निर्णय प्रक्रियामा सकेसम्म सर्वसम्मति कायम गर्ने प्रयास गरिनेछ भने सहमति हुन नसके लोकतान्त्रिक विधिबाट निर्णय लिने प्रावधान राखिएको छ।

मोर्चामा आबद्ध सबै दलले सामूहिक निर्णयको सम्मान गर्नुपर्ने र मोर्चाको साझा निर्णयविपरीत सार्वजनिक गतिविधि नगर्ने व्यवस्था पनि अवधारणापत्रमा उल्लेख गरिएको छ।

वैकल्पिक राजनीतिक ध्रुवीकरणको संकेत

आठ दलको यो सहकार्यलाई संघीयता, पहिचान, समावेशी प्रतिनिधित्व र संविधान कार्यान्वयनका मुद्दामा समान धारणा राख्ने दलहरूबीचको नयाँ राजनीतिक ध्रुवीकरणका रूपमा हेरिएको छ। विशेषगरी मधेस, आदिवासी–जनजाति, थारू, दलित तथा पहिचानका मुद्दालाई केन्द्रमा राख्दै साझा राजनीतिक अभियान सञ्चालन गर्ने उद्देश्य मोर्चाले लिएको जनाइएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार संसद्भित्र र बाहिर छरिएर रहेका क्षेत्रीय तथा पहिचानमुखी शक्तिहरूलाई एउटै राजनीतिक प्लेटफर्ममा ल्याउने प्रयासस्वरूप यो मोर्चा गठन भएको हो। आगामी राजनीतिक घटनाक्रम, निर्वाचन तथा राष्ट्रिय मुद्दामा साझा धारणा निर्माण गर्न पनि यसले भूमिका खेल्ने अपेक्षा गरिएको छ।

मोर्चाले सार्वजनिक गरेको २८ बुँदे अवधारणापत्र लाई आगामी दिनमा साझा राजनीतिक कार्यक्रम र आन्दोलनको आधार दस्तावेजका रूपमा अघि बढाइने जनाइएको छ।

 

1-1786179929.jpg

2-1786179928.jpg

3-1786179928.jpg

4-1786179928.jpg

5-1786179928.jpg

6-1786179927.jpg

7-1786179927.jpg

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

८ दलको ‘अग्रगामी मोर्चा’ घोषणा, संघीयता र पहिचानको एजेन्डामा साझा अभियान[पूर्णपाठ]

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Rijiju Links Women’s Reservation Implementation to Delimitation Exercise

Uddhav Thackeray Slams Prime Minister Over Meeting With Defected MPs

Simple Interior Changes Can Transform Bedrooms Into Relaxing Retreats

Yemen’s Collapsing Healthcare Forces the Sick to Seek Alternative Medicines

Families Retrieve Bodies Following Deadly Shooting Rampage Near Bangkok

अवैध स्लेट ढुंगा ओसारपसार गर्ने पिकअप नियन्त्रणमा, १० हजार रुपैयाँ जरिवाना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu