काठमाडौं । कुमारी बैंक लिमिटेडले ३ लाख २० हजार ९४८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ।
बैंकले एक सूचना जारी गर्दै संस्थापक शेयरधनीको नाममा रहेको उक्त संस्थापक शेयर बिक्री प्रक्रियामा ल्याएको जनाएको हो।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था रहेकाले इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन आग्रह गरिएको छ।
शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा निर्धारित अवधिभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ।
बैंकका अनुसार शेयरको बिक्री मूल्य विक्रेताले तोकेबमोजिम कायम हुनेछ।
यदि तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा प्रचलित कानुनी व्यवस्था अनुसार शेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्