ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिंहदरबार वैद्यखानाको कारोबार चार गुणा बढेकोमा पूर्वस्वास्थ्यमन्त्री पौडेलको खुसी


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ९ : ३५   बजे

काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको कारोबार चार गुणाले वृद्धि भएको भन्दै खुसी व्यक्त गरेका छन्। उनले १०५ बाट १५० प्रकारका औषधि उत्पादन गर्ने र ३५ प्रकारका निःशुल्क औषधिमा आत्मनिर्भर बन्ने प्रधानमन्त्रीको योजनाप्रति आभार व्यक्त गरेका हुन्।

आइतबार सामाजिक सञ्जालमार्फत पौडेलले आफू स्वास्थ्यमन्त्री हुँदा अघि सारेका नीति तथा योजनाकै आधारमा वैद्यखानाले गति लिएको दाबी गरेका छन्। नसर्ने रोग ३० प्रतिशतले घटाउने लक्ष्यसहित १० वर्षे राष्ट्रिय आयुर्वेद रणनीति तथा करिब ३७० वर्ष पुरानो वैद्यखानालाई पुनर्जीवन दिने उद्देश्यले पाँच वर्षे रणनीतिक योजना लागू गरिएको उनले स्मरण गरेका छन्। उनका अनुसार २० प्रकारका औषधिमा सीमित वैद्यखानालाई ६० प्रतिशत बजार हिस्सा र ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (GMP) मापदण्डमा पुर्‍याउने लक्ष्य राखिएको थियो।

पौडेलले सरकारले वैद्यखानाको पाँच वर्षे रणनीतिक योजना हुबहु कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन्। उनले जडीबुटी प्रशोधन केन्द्रलाई ‘ड्रग रिसर्च एन्ड डेभलपमेन्ट’ युनिटसँग जोडेर अनुसन्धानमा लगानी बढाउन, ३५ निःशुल्क औषधिसहित थप औषधि देशभरका नागरिक आरोग्य केन्द्रमार्फत जनताको घरदैलोमा पुर्‍याउन आग्रह गरेका छन्।

त्यस्तै, GMP मापदण्ड हासिल गरेपछि नेपाली औषधि अन्तर्राष्ट्रिय बजारमा निर्यातका लागि कूटनीतिक पहल बढाउन, कच्चा पदार्थ खरिद व्यवस्थित गर्दै जडीबुटी खेतीलाई प्रोत्साहन गर्न तथा विपन्न नागरिकको पहुँच सुनिश्चित गर्न आयुर्वेदका विशिष्टीकृत सेवा र औषधिलाई स्वास्थ्य बीमामा आबद्ध गर्न उनले सुझाव दिएका छन्। पौडेलले आफ्नो कार्यकालमा भएका प्रमुख उपलब्धिहरूको विवरणसमेत सार्वजनिक गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शिवपुर सबस्टेसनमा जम्पर कन्डक्टर चुडिँदा विद्युत् प्रणालीमा अवरोध, देशभर आपूर्ति सामान्य

१४.२ केजी सिलिन्डरमा फर्किएपछि देखिएको ग्यास अभाव घट्दै

सम्बन्धित

‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ यस वर्ष लघुकथाकार अल्पविरामलाई

तहल्का सम्पादक तरुण तेजपाल बलात्कार मुद्दामा दोषी, १० वर्ष कैद सजाय

ग्यासमा कालोबजारी रोक्न काठमाडौं उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

आज ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने

भूमिगत सम्पदामा नयाँ रणनीति: युरेनियमदेखि ‘रेयर अर्थ’सम्म संघको नियन्त्रण, खानी क्षेत्रमा नयाँ कानुनी युगको तयारी

१३ वर्षपछि फेरि चले हेटौँडा कपडा उद्योग: परीक्षण उत्पादन सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu