काठमाडौं । वर्षासँगै देशका विभिन्न जिल्लामा आज साउन २४ गते आकस्मिक बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार विभिन्न साना तथा ठूला नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ।
महाशाखाका अनुसार झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बर्दिया, कैलाली, बझाङ, दार्चुला र बैतडी तथा आसपासका जिल्लाबाट बहने साना नदी तथा खोलामा बहाव बढ्ने पूर्वानुमान गरिएको छ।
यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। वर्षाका कारण त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीलगायत केही ठूला नदीमा समेत पानीको बहाव उल्लेख्य बढ्न सक्ने भएकाले नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्