ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनकुटामा ग्यास डिलर अनुगमन, एक परिवारलाई एक सिलिन्डर दिन निर्देशन


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   १० : ४५   बजे

धनकुटा । खाना पकाउने ग्यासको अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ। बजारमा अभावको मौका छोपेर कालोबजारी हुन सक्ने भन्दै प्रशासनले धनकुटा बजारमा रहेका करिब आधा दर्जन ग्यास डिलरमा अनुगमन गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीसहितको टोलीले डिलरहरूको अनुगमन गरेको थियो। अनुगमनका क्रममा कम्पनीबाट आवश्यक परिमाणमा ग्यास आपूर्ति नभएको, केही डिलरले पर्याप्त ग्यास ल्याउन नसकेको तथा अभावका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गरेको पाइएको प्रशासनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार पछिल्लो समय ग्यासको आपूर्ति कम भइरहेकाले समस्या देखिएको हो। केही अवस्थामा आधा सिलिन्डर मात्र आए पनि पटक–पटक आपूर्ति हुने भएकाले सहज हुने गरेको तर पूरा सिलिन्डर ढिलो आउँदा समस्या बढ्ने गरेको पाइएको छ।

प्रशासनले ग्यास डिलरलाई आपूर्ति भएको परिमाणको विवरण प्रशासनमा बुझाउन तथा उपभोक्तालाई समानुपातिक रूपमा वितरण गर्न निर्देशन दिएको छ। साथै, एउटा परिवारलाई एकपटकमा एउटा मात्र सिलिन्डर उपलब्ध गराउन र आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्न आग्रह गरिएको छ।

कोशी ग्यास डिलर गुठीटारका विक्रेता लेखबहादुर राईले कम्पनीबाट पर्याप्त ग्यास नआएका कारण अभाव देखिएको बताएका छन्। उनका अनुसार आफूहरूले कम्पनीबाट प्राप्त भएको सीमित परिमाणमै ग्यास बिक्री गरिरहेका छन् भने केही डिलरले त्योभन्दा पनि कम ग्यास ल्याउँदा समस्या थपिएको हो।

डिलरबाट सहज रूपमा ग्यास नपाएपछि उपभोक्ताले किराना तथा खुद्रा पसलबाट महँगो मूल्यमा ग्यास खरिद गर्नुपरेको गुनासो आएपछि प्रशासनले अनुगमनलाई तीव्रता दिएको जनाएको छ। टोलीले कृत्रिम अभाव सिर्जना नगर्न, आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण नगर्न र वितरण प्रणाली व्यवस्थित बनाउन विक्रेतालाई निर्देशन दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१० वर्ष सिक्रीमा बाँधिएको जीवनबाट ओमप्रकाशले पाए मुक्ति

किसुनजी आश्रममा कांग्रेस नेताहरूको भेला, पार्टी एकताको संकल्प

सम्बन्धित

झापामा हात्तीपीडितलाई करिब २ करोड राहत वितरण

देवानगञ्ज गोलीकाण्ड: कांग्रेस सुनसरीले प्रधानमन्त्रीलाई ५ बुँदे ज्ञापन, ३ दिनको अल्टिमेटम

तीन जिल्लामा बर्ड फ्लू संक्रमण, ८५ हजार कुखुरा नष्ट

एक वर्षमा ताप्लेजुङ अस्पतालमा ४ सय जनाको शल्यक्रिया

झापामा पिकअपको ठक्करबाट वृद्धको मृत्यु

पाँचथरमा रेविज फैलिँदै, तीन पालिका उच्च जोखिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu