ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसियाली खेलकुद: ४० वर्षको जुडो पदक खडेरी तोड्ने लक्ष्यमा नेपाल


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   २ : १५   बजे

काठमाडौं । एसियाली खेलकुदमा सहभागिता जनाएको चार दशक पुग्न लाग्दा पनि नेपालले जुडोबाट पदक जित्न सकेको छैन। यसपटक भने यही लामो पदक खडेरी तोड्ने लक्ष्यसहित नेपाली जुडो टोली एसियाली खेलकुदको तयारीमा जुटेको छ।

देशका लागि केही गर्ने दृढ संकल्पसहित ६ नेपाली जुडो खेलाडी दैनिक चार घण्टा बन्द प्रशिक्षणमा पसिना बगाइरहेका छन्। उनीहरूले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरको प्रशिक्षण केन्द्रमा बिहान ८ देखि १० र बेलुका ४ देखि ६ बजेसम्म अभ्यास गरिरहेका छन्।

टोली साउन १८ गतेदेखि बन्द प्रशिक्षणमा छ। यद्यपि एसियाली खेलकुदलाई लक्षित गर्दै नेपाली जुडो टोलीले करिब १८ महिनादेखि तयारी गरिरहेको छ।

राष्ट्रिय खेलकुद परिषद्ले पदकको सम्भावना देखेर जुडोलाई ‘मिसन–२०२६’ अन्तर्गत राखेको छ।

तीन अनुभवी, तीन नयाँ खेलाडी

यसपटक एसियाली खेलकुदमा नेपालले जुडोका तीन पुरुष र तीन महिला गरी ६ खेलाडी पठाउनेछ।

६ खेलाडीमध्ये तीन जनासँग एसियाली खेलकुदको अनुभव छ भने तीन जनाले पहिलोपटक एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्नेछन्।

नेपालका लागि विभिन्न तौल समूहमा विकास विक, विशेष विक, सुजन गुरुङ, निशा श्रेष्ठ, देविकामाया श्रेष्ठ र पुनम श्रेष्ठले चुनौती प्रस्तुत गर्नेछन्।

विकास ६० केजीमुनि, विशेष ६६ केजीमुनि, सुजन ९० केजीमुनि, निशा ४८ केजीमुनि, देविकामाया ५२ केजीमुनि र पुनम ७० केजीमुनि प्रतिस्पर्धा गर्नेछन्।

पुनम तेस्रोपटक एसियाली खेलकुदमा सहभागी हुँदैछिन् भने विकास र देविकामायाको यो दोस्रो सहभागिता हुनेछ।

‘हालसम्मकै उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य’

नेपाली टोलीका प्रशिक्षक मोहन सुनुवारले यसपटक एसियाली खेलकुदमा हालसम्मकै उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको बताए।

उनका अनुसार पछिल्लो समय नेपाली खेलाडीले एसियन च्याम्पियनसिपमा गरेको प्रदर्शनले पनि पदकको आशा बढाएको छ।

‘एसियाली खेलकुदमा हालसम्मकै उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ अभ्यास भइरहेको छ। हामीले एसियन च्याम्पियनसिपमा पनि उत्कृष्ट प्रदर्शन गरेका थियौँ। त्यहाँको प्रदर्शनले झनै आशा दिलाएको छ,’ सुनुवारले भने।

तर पदकको सम्भावनामा ड्रको भूमिका महत्वपूर्ण हुने उनको विश्लेषण छ।

‘हामी कस्तो समूहमा पर्छौं भन्ने कुराले पदकको निर्धारण गर्छ। एसियामा विश्व च्याम्पियनदेखि हाम्रै स्तर र हामीभन्दा कमजोर टोली पनि छन्,’ उनले भने, ‘यदि कमजोर टोलीको पोलमा पर्‍यौँ भने पदकको सम्भावना बढ्नेछ।’

जापानमै अन्तिम तयारी गर्ने योजना

नेपाली जुडो टोलीले एसियाली खेलकुद सुरु हुनुअघि जापानमै अन्तिम तयारी गर्ने योजना बनाएको छ।

प्रशिक्षक सुनुवारका अनुसार टोलीले टोकियो युनिभर्सिटीसँग प्रशिक्षणका लागि छलफल गरिरहेको छ।

सम्झौता मिलेको अवस्थामा नेपाली खेलाडीले जापानमा कम्तीमा २० दिन प्रशिक्षण गरेपछि एसियाली खेलकुदका लागि आइची–नागोया जाने योजना बनाइएको छ।

विदेशमा उच्चस्तरीय खेलाडीहरूसँग अभ्यास गर्न पाउँदा नेपाली खेलाडीको प्रतिस्पर्धात्मक क्षमता र मानसिक तयारीमा समेत सुधार आउने टोलीको अपेक्षा छ।

‘१४ तौल समूह, नेपाललाई ६ कोटा’

प्रशिक्षक सुनुवार भने यसपटक नेपालले पाएको कोटाप्रति सन्तुष्ट छैनन्।

जुडोमा एसियाली खेलकुदका लागि विभिन्न १४ तौल समूहमा प्रतिस्पर्धा हुने भए पनि नेपालले ६ खेलाडीको मात्र कोटा पाएको उनको गुनासो छ।

अघिल्लो संस्करणमा नेपालबाट आठ जुडो खेलाडी सहभागी भएका थिए। यसपटक कोटा बढ्ने अपेक्षा गरिए पनि उल्टै घटेको उनले बताए।

‘जुडोमा १४ तौल समूहको प्रतिस्पर्धा हुन्छ तर हामीले ६ वटा मात्र कोटा पाएका छौँ। गत संस्करणमा आठ खेलाडी थिए, यसपटक कोटा बढ्ने आशा थियो, झन् घटेर आएको छ,’ सुनुवारले भने।

उनका अनुसार एक जना थप खेलाडी सहभागी भएको भए मिक्स टिम इभेन्टमा प्रतिस्पर्धा गर्ने अवसर मिल्ने थियो, जसले नेपालको ग्रेडिङ र पदकको सम्भावनामा समेत सकारात्मक प्रभाव पार्न सक्थ्यो।

खेलाडीमा बढ्दो आत्मविश्वास

लामो समयदेखि गरिएको तयारी र पछिल्लो प्रदर्शनका कारण खेलाडीहरू पनि यसपटक सकारात्मक देखिएका छन्।

टोलीकी सबैभन्दा अनुभवी खेलाडी पुनम श्रेष्ठले जापानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेकी छन्।

‘हामीले एसियाली खेलकुदकै लागि भनेर १८ महिनादेखि तयारी गरिरहेका छौँ। लामो समयको तयारी भएकाले पदकको पनि आशा छ,’ पुनमले भनिन्।

करिब दुई वर्षपछि राष्ट्रिय टोलीमा फर्किएकी पुनमले आफूले विगतको तुलनामा सुधारिएको प्रदर्शन गरेकै कारण टोलीमा स्थान पाएको बताइन्।

‘मबाट टोलीले धेरै आशा गरेको छ। त्यहीअनुसार मानसिक रूपमा आफूलाई तयार पारिरहेकी छु,’ उनले भनिन्, ‘अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्छु भन्ने विश्वास छ।’

चार दशकको प्रतीक्षा

नेपालले सन् १९८६ देखि एसियाली खेलकुदमा जुडोमा सहभागिता जनाउँदै आएको छ। तर चार दशकको यात्रामा पनि नेपाली जुडोले पदक जित्न सकेको छैन।

डेब्यु संस्करणमै गंगाबहादुर डंगोलले कुवेत र फिलिपिन्सका खेलाडीलाई पराजित गर्नु नेपाली जुडोको एसियाली खेलकुदमा अहिलेसम्मकै उल्लेखनीय प्रदर्शन मानिन्छ।

त्यसयता भने नेपाली जुडोले एसियाली खेलकुदको पोडियममा स्थान बनाउन सकेको छैन।

यसपटक नेपाली टोलीसँग लामो तयारी, अनुभवी खेलाडी र नयाँ पुस्ताको मिश्रण छ। राष्ट्रिय खेलकुद परिषद्ले समेत जुडोलाई पदक सम्भावनाको खेलका रूपमा ‘मिसन–२०२६’मा समेटेको छ। अब प्रश्न एउटै छ—चार दशकदेखि पर्खिरहेको नेपालको जुडोले यसपटक जापानमा त्यो इतिहास बदल्न सक्ला? टोलीको तयारी, खेलाडीको आत्मविश्वास र अन्तर्राष्ट्रिय अनुभवले आशा जगाए पनि अन्तिम नतिजा भने प्रतिस्पर्धाको स्तर, ड्र र खेलाडीले निर्णायक क्षणमा देखाउने प्रदर्शनमा निर्भर हुनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, १५औँ महाधिवेशनदेखि सरकारको १०० दिनसम्म छलफल

रास्वपाका मन्त्रीले महिनामा एकपटक घण्टीघरमा नागरिकसँग संवाद गर्नुपर्ने

सम्बन्धित

आर्सनलमा ब्रुनो गिमारेसको ‘ठूलो’ प्रवेश, ७५ मिलियन पाउन्डमा सम्झौता

लियोनल मेस्सी शोकमा : पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि, विदेशी खेलाडी अनुबन्धमा फ्रेन्चाइज टोली सक्रिय

फुटबलतारा मेसीका पिता जोर्गे मेसीको ६८ वर्षको उमेरमा निधन

सृजना सेकेन्डरी स्कुलमा अन्तर सदनात्मक बुद्धिचाल प्रतियोगिता सम्पन्न

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu