ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि, विदेशी खेलाडी अनुबन्धमा फ्रेन्चाइज टोली सक्रिय


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ८ : ०५   बजे

काठमाडौं  — नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने घोषणा गरेको छ। प्रतियोगिता अंग्रेजी पात्रोअनुसार अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म आयोजना हुनेछ।

क्यानका अनुसार तेस्रो संस्करणको तयारी तीव्र पारिएको छ। प्रतियोगिताका लागि खेलाडी अक्सन सम्पन्न भइसकेको छ भने सहभागी आठवटै फ्रेन्चाइज टोलीले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया अघि बढाएका छन्।

एनपीएलले छोटो अवधिमै नेपाली क्रिकेटमा व्यावसायिक फ्रेन्चाइज प्रतियोगिताका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्स ले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो।

यसपटक पनि घरेलु तथा विदेशी खेलाडीको मिश्रणसहित प्रतिस्पर्धात्मक प्रतियोगिता हुने अपेक्षा गरिएको छ। विदेशी स्टार खेलाडीको आगमनले प्रतियोगिताको स्तर र आकर्षण थप बढ्ने विश्वास क्यानको छ।

एनपीएललाई नेपाली क्रिकेट प्रतिभाको विकास, युवा खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने तथा नेपाली क्रिकेटको व्यावसायिक विस्तारको महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ। प्रतियोगिताको विस्तृत खेल तालिका, खेलस्थल तथा अन्य प्राविधिक विवरण क्यानले आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शिवपुर सबस्टेसनमा जम्पर कन्डक्टर चुडिँदा विद्युत् प्रणालीमा अवरोध, देशभर आपूर्ति सामान्य

१४.२ केजी सिलिन्डरमा फर्किएपछि देखिएको ग्यास अभाव घट्दै

सम्बन्धित

लियोनल मेस्सी शोकमा : पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन

फुटबलतारा मेसीका पिता जोर्गे मेसीको ६८ वर्षको उमेरमा निधन

सृजना सेकेन्डरी स्कुलमा अन्तर सदनात्मक बुद्धिचाल प्रतियोगिता सम्पन्न

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu